अत्तरिया - कैलालीको गोदावरी नगपालिका वडा नं १ मा पर्ने खैराना खोला निर्माणाधिन बसन्तपुर - चैतन्यपुर जोड्ने झोलुङ्गे पुलको काम अन्तिम चरणमा पुगेको छ । गोदावरी नगरपालिकाको सुगम वडाका रुपमा रहेको वडा नं १ को चैतन्यपुरका स्थानियलाई अत्तरिया , धनगढी लगाएतका बजार क्षेत्रमा आवत जावत निकै कठिनाई हुन थालेपछि गोदावरी नगरपालिकाले गत बर्ष असारमा शिलन्यास गरेको उक्त झोलुङ्गे पुल निर्माणको काम अहिले आएर अन्तिम चरणमा पुगेको हो ।
गत बर्ष नै सम्पन्न हुनुपर्ने पुल बिभिन्न कारणहरु देखाउदै निर्माण सुरु भएको ३ महिना पछि उक्त झोलुङ्गे पुल निर्माणको काम बन्द भएको थियो । स्थानियहरुको सहभागीतामा पुल निर्माण उपभोक्ता समिती गठन गर्दै ठेकेदारलाई जिम्मा दिएर काम सुरु गरिएको भएपनि बिचमा डिजाइन स्टमेटमा फरक परेपछि काम रोकिएको थियो ।
यद्धपी पछि पुल निर्माण उपभोक्ता समितीका पदाधिकारी , वडा नं १ का वडाअध्यक्ष शर्मानन्द भट्ट , प्राबिधिक र स्थानियहरुको छलफलमा अब पुल निर्माणको कामलाई तिब्रता दिएर यसै आर्थिक बर्ष भित्र सम्पन्न गर्ने निर्णय गरेपछि पुल निर्माणको तिब्र रुपमा सुरु गरिएको पुल निर्माण उपभोक्ता समितीका अध्यक्ष डण्डीराज भट्टले बताए ।
उपभोक्ता समिती गठन गरेपनि सबै काम ठेकेदार मार्फत गरिदा बिचमा समस्या आएको र पछि ठेकेदार कम्पनीलाई रद्ध गर्दै सबै काम उपभोक्ता समिती मार्फत नै अगाडी बढाएको उनले बताए । अहिले पुलको काम ९५ प्रतिशत सम्पन्न भैसकेकाले अबको केहि दिन भित्र औपचारिक रुपमा पुलको उद्धघाटन गर्ने कुरामा छलफल भैरहेको उनले बताए ।
उनले अहिले पुलमा आवत जावतमा सुरु भैसकेको बताए । गोदावरी नगरपालिकाको करिब ६६ लाख लागतमा बनेको यस पुलको लम्बाई करिब ४०० मिटर रहेको छ । झोलुङ्गे पुल निर्माण भएपछि अब गोदावरी नगरपालिकाको वडा नं १ को बसन्तपुर , चैतन्यपुरका साथै वडा नं ६ का सयौ स्थानियहरु प्रत्यक्ष लाभान्वित हुने वडा नं १ का वडाअध्यक्ष शर्मानन्द भट्टले बताए ।
पुल निर्माण भएपछि स्थानियहरु हर्षित
खोलामा पुल नहुदा बर्षौ देखी आवतजावतमा कठिनाई भोगिरहेका बसन्तपुर र चैतन्यपुरका स्थानियहरु झोलुङ्गे पुल निर्माण भएपछि हर्षित भएका छन् ।
चैतन्यपुरका स्थानिय दयाराम चौधरीले ढिलै भएपनि पुल संञ्चालनमा आउने भएपछि आफुहरु निकै खुसी भएको बताए । ‘पुल नहुँदा गाउँमा धेरै कुराको अभाव थियो ’ उनले भने – ‘ पुल नहुदा हामी त पाहाडको कुन गाउको हो, कुन गाउको हो भन्ने जस्तो भा छ अब समयमै पुल संञ्चालनमा आएपछि हाम्रो टाढाको सम्बन्ध नजिक हुन्छ । ’
खोलमा पुल नबन्दा चैतन्यपुरका स्थानियहरु जंगलको घुमाउरो बाटो भएर आवत जावत गर्दै आएका थिए । पुल संञ्चालनमा आए पछि स्थानीयहरुलाई शिक्षा, स्वास्थ्य, रोजगार, यातायात र व्यापारमा सहज हुने उनको भनाई छ । बर्षायतको समयमा निकै जोखिमपुर्ण यात्रा गर्न बाध्य स्थानियहरुले उक्त खोलामा पुल निर्माणका लागि पटक पटक माग गर्दै आएका थिए ।