अत्तरिया - सुदूरपश्चिम प्रदेश सरकारकी भौतिक पूर्वाधार राज्यमन्त्री चुनकुमारी चौधरीले मन्त्री भएपछि पहिलो काम सुकुम्बासी बस्तीमा पुगेर बंगुरका पाठापाठी वितरण गरेकी छन् । उनले आज बिहान कैलालीको गोदावरी नगरपालिका वडा ५ बरबट्टामा रहेको सुकुम्बासी बस्ती पुगेर त्यहाँका ७० विपन्न परिवारलाई बंगुरका पाठापाठीहरु वितरण गरेकी हुन् ।
सुकुम्बासी बस्तीका गरिब र विपन्न परिवारको जिवस्तर उकास्न र आयआर्जनमा बृद्धि गर्न मन्त्री चौधरीको पहलमा प्रदेश सरकार अन्र्तगतको भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कैलालीवाट प्रदान गरिएको बंगुरका पाठापाठी हस्तान्तरण गरेकी हुन् ।
सो क्रममा बोल्दै उनले आफूलाई यस स्थान सम्म पुञ्याउन सुकुम्बासी बस्तीका परिवारको महत्वपूर्ण साथ र सहयोग रहेकाले उनीहरुको समस्यालाई आफूले नजिकवाट बुझेको बताइन् ।
उनले आफुपनि गरिब परिवारमै जन्मिएर र हुर्किएकाले दिनको दुई छाक टार्न पनि समस्या भएका गरिब परिवारको जिवस्तर केही माथि उकास्न सकिन्छ कि भनेर आयआर्जन मुलक कार्यक्रम अन्र्तगत बंगुरका पाठापाठी वितरण गरिएको बताइन् ।
उनले सबैभन्दा ठूलो आम्दानीको स्रोत भनेको कृषि भएकाले आफूले मन्त्री हुनुभन्दा अगाडीदेखी नै यस क्षेत्रका न्यून आयस्तर भएका , गरिब र विपन्न परिवारलाई कृषिमा जोड्नका लागि समय समयमा बिभन्न खाले कार्यक्रम ल्याएर सहयोग गरेको बताइन् ।
"म सांसद नहुदा पनि समाज तिनै विपन्न गरिब परिवारको लागि लडिरहेका थिए अहिले मन्त्री पदमा पुगेकी छु अहिले पनि तिनै विपन्न गरिब परिवारका लागि सोचिरहेकी छु उनले भनिन् - "चुनाबको बेला मात्रै भोट माग्न आफ्नो दैलोमा आउछन् भन्ने जनताको गुनासोलाई मैले भने त्यस्तो गुनासोलाई आउन नदिने गरी काम गरिहरकी छु ।"
बंगुरका पाठापाठी पाएपछि सुकुम्बासी बस्तीका विपन्न परिवारहरु निकै खुसी भएका छन् । राज्यमन्त्री चौधरीले बंगुरका पाठापाठीलाई राम्रोसंग हुर्काई बढाइ गरेर ब्यबसायी बन्न सबैलाई आग्रह गरिन् ।
उनले आफुले चुनाबका बेला यस क्षेत्रका जनतामाझ गरेका सबै बाचाहरु बिस्तारै पुरा गर्दै गइरहेको समेत बताइन् ।
बंगुरका पाठापाठी वितरण कार्यक्रममा वडा नं ५ का वडा अध्यक्ष कर्ण सिंह बोहरा भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कैलालीका कर्मचारीहरु लगाएत स्थानियहरुको सहभागिता रहेको थियो ।