अत्तरिया - कोरोनाको दोस्रो महामारीका कारण अहिले सबै नेपालीहरु आक्रान्त बनेका छन् । कोरोना रोकथाम र नियन्त्रणका लागि देशभरका स्थानिय प्रशासनहरुले आ आफ्नो जिल्लामा निषेधाज्ञा जारी गरेका छन् ।
केही समय पहिले कोरोनाका संक्रमित ह्वात्तै बढ्दा धेरै जसोले अक्सिजन नपाएर ज्यान गुमाउन बाध्य भए । अझै पनि संक्रमणको जोखिम कायमै रहेको अब कोरोनाका बिरामीहरुले अक्सिजन नपाएर ज्यान गुमाउन नपरोस भनेर हरिप्रिया प्रकाश फाउण्डेसनले सुदुरपश्चिम प्रदेशमा हरेकको घर र अस्पतालहरुमा निशुल्क रुपमा अक्सिजन सिलिन्डर वितरण गरिरहेको छ ।
कोरोना संक्रमितको तत्कालै ज्यान जोगाउन सुदुरपश्चिम प्रदेशमा १८०० निशुल्क अक्सिजन सिलिन्डर रिफिलिङ र नया–पुरानो खरिद बितरण सम्झौता अनुसार नेपालीको घर र अस्पतालमा निशुल्कः अक्सिजन सिलेण्डर र स्वास्थय सामाग्री युवा नेता क्षितिज भण्डारी मार्फत बाढिएको छ ।
मंगलबार अत्तरियाका कमाण्डर युवा समाजसेवी देवराज ओझा मार्फत दार्चुला, डडेल्धुरा, कन्चनपुर, अछाम र कैलालीको धनगढी र अत्तरियामा सिलेण्डर बितरण गरिएको छ ।
ओझाका अनुसार हरिप्रिया प्रकाश फाउण्डेसनवाट प्राप्त अक्सिजन सिलिन्डरहरु अत्तरियामा रहेको मालाखेती अस्पताल, पदमा अस्पताल, सेवा अस्पताल र सामुदायिक अस्पताल सहित घर र विभिन्न अस्पतालमा राती सम्म १०० सिलेण्डर पठाइएको छ ।
हरिपृया प्रकाश फाउन्डेसनको सहयोगमा सबैलाई राजनीतिक भेदभाव नगरीकन नागरिकलाई अक्सिजन निशुल्क रिफिलिङ्ग लगायत बितरण योजनाको लाभ १८०० अक्सिजन सिलेन्डर मध्ये १०० का दरले सुदुरपश्चिमका ८ जिल्ला अस्पतालमा ८०० र १००० सिलेन्डर प्रदेश राजधानी कैलालीका अस्पताल र संक्रमितको घरहरुमा बितरण गरिने उनले बताए ।
हरिप्रिया प्रकाश फाउन्डेसन र सुर्य शक्ति ग्यास उधोग बिच सुदुपश्चिमका अस्पतालहरुमा निशुल्क अक्सिजन सिलिन्डर रिफिलिङ बितरण छुट्टै ६ लाख पेश्की सम्झौता रकम अध्यक्ष प्रकाश नारायण भण्डारी मार्फत श्याम टायलको कम्पनी र काठमाडौको गोकर्णेश्वर ट्रेडिङ्ग प्रालीलाई १ लाख ७३ हजार बयाना दिईएको धनगढीका गणेश भण्डारीले जानकारी दिए ।
उक्त अभियानमा अत्तरियाका लागि स्वयंसेवक युवा समाजसेवी राज भट्ट र गणेश भट्ट पनि लागिरहेका छन् ।