अत्तरिया - कोरोनाका कारण यस बर्ष पनि शिक्षा क्षेत्र प्रभावित भएको छ । गत बर्ष जस्तै यस बर्ष पनि कोरोनाले गर्दा बिधार्थीहरुको पठनपाठन देखी बार्षिक परीक्षा समेत प्रभावित भएको हो ।
गत बर्ष देशभर अन्तरिक मूल्याङकनवाट बिधार्थीहरुको नतिजा सार्वजनिक गरिएकोमा यस बर्ष पनि बिधार्थीको बार्षिक परीक्षा गर्न समस्या भएपछि कैलाली सहित देशभरका धेरै जसो बिधालयहरुले अन्तरिक मूल्याङकनवाट बिधार्थीहरुको नतिजा सार्वजनिक गर्ने तयारी गरिरहेका छन् ।
यता अत्तरियामा रहेको दुर्गालक्ष्मी नमुना माध्यामिक बिधालयले भने अनलाईनवाट परीक्षा संचालन गर्ने भएको छ । बिधायले एक सुचना गरी गर्दै कोरोनाका कारण भौतिक उपस्थितीमा संचालन गर्ने अबस्था नरहेको भन्दै कक्षा ८ को परीक्षा यही जेठ २७ गतेदेखी सुरु हुने जानकारी गराएको हो ।
परीक्षा बिहान र साझाँ गरी दिनमा दुई पटक गरी २६ गतेदेखी २८ गतेसम्म परीक्षा संचालन हुने जारी सुचनामा उल्लेख गरिएको छ । परीक्षा संचालनमा थुप्रै चुनौती रहेपनि बिधालयका ५ जना शिक्षकहरुलाई सम्पर्क ब्यक्ति तोकेर बिधार्थीहरुसंग समन्ब्य र परीक्षा संचालनको जिम्मेवारी दिइएको दुर्गालक्ष्मी नमुना माध्यामिक बिधालयका प्रध्यानाध्यापक शिवराज जोशीले जानकारी दिए ।
यो अबस्थामा परीक्षा संचालन गर्न निकै कठिनाई छ सबैको सुझाव , सल्लाहका आधारमा पहिलो चरणमा कक्षा ८ को परीक्षा लिइरहेका छौ उनले भने यसका लागि तोकिएको शिक्षकहरुले बिधार्थीहरुको घरमै पुगेर यस बिषयमा बुझाइरहेका छन् ।
परीक्षा आधा घण्टाको मात्रै हुने भएकाले परीक्षा सुरु हुनुपूर्व पनि सबै बिधार्थीहरुलाई पहिला बुझाइने उनले बताए । उनले कक्षा ८ देखी माथि सबैको परीक्षा अनलाईनवाटै संचालन गरीने बताए । सुरुमा कक्षा ८ को परीक्षाका लागि तालिका सार्वजनिक गरेको छौ , त्यसपछि कक्षा ९ , १० को एसईई , कक्षा ११ र १२ को परीक्षा पनि अनलाईनवाटै गर्ने तयारी भैरहेको छ उनले भने ।
कक्षा ८ भन्दा तलको परीक्षा भने आन्तरिक मूल्याङ्कनवाटै लिइने प्रध्यानाध्यापक जोशीले बताए ।
अत्तरियामै रहेको लोटसआई माध्यामिक बिधालयले भने नर्सरीदेखी कक्षा १० सम्मको सबै परीक्षा आन्तरिक मूल्याङ्कनवाटै गर्ने तयारी अगाडी बढाएको जनाएको छ ।