अत्तरिया - कंचनपुरका ब्लड क्यान्सर पिडीत युवकलाई २० हजार बढी रकम सहयोग गरिएको छ । जिल्लाको शुक्लाफाटा १२ बसन्तपुरका ब्लड क्यान्सर बागेश्वर भण्डारीको उपचारका लागि २० हजार सहयोग गरिएको हो ।
समाजसेवी नेत्र बस्नेतले ट्रान्सफर्मेटिभ सोसाइटी अफ नेपाल कञ्चनपुरका मार्फत १५ हजार , सामाजिक ब्यक्तित्व जयीराज ओझाले ३ हजार २०० , समाजसेवी लक्ष्मी बोगटी कुँवरले १ हजार र प्रवासमा रहेर पनि नेपाली र नेपालीका दुखमा सधै साथ दिदै आएका हिमाल साउँदले १ हजार १ सय ११ रुपैया गरी भण्डारीको उपचारका लागि २० हजार ३ सय ११ रुपैया सहयोग गरिएको ट्रान्सफर्मेटिभ सोसाइटी अफ नेपालकी अध्यक्ष चादनी ऐरले जानकारी दिइन् ।
उक्त रकम शनिवार अध्यक्ष ऐरले पीडितकै घरमा पुगेर हस्तान्तरण गरेकी हुन् । १७ बर्षको उमेरमा ब्लड क्यान्सरवाट पिडीत भण्डारी अहिले जिवन र मरणको बिचमा रहेका छन् ।
पारिवारिक अबस्था एकमदै कमजोर भएका उनको उपचारमा धेरै पैसा खर्च भैसकेको बाकिँ रकम जुटाउन समस्या भएपछि उनको परिवारले सहयोग गरिदिन देश बिदेशमा बस्ने नेपालीहरुमा अपिल गरेक थिए । उनको अहिले विपी कोईराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा उपचार भैरहेको छ ।
घरको आर्थिक अबस्था एकमदै नाजुक रहेको र उपचारमा पनि धेरै खर्च लाग्ने भएपछि सहयोगीदाताहरुलाई सहयोगी गरी आफ्नो छोराको जिवन रक्षा गरिदिन उनका बुवा नर बहादुर भण्डारीले आग्रह गरेका छन् ।
तपाईको सानो सहयोगले कसैले नयाँ जिवन पाउन सक्छ , त्यसैले ब्लड क्यान्सरवाट पिडित १७ बर्षिय ति युवकको जिवन रक्षाका लागि सबैमा अपिल गर्दछौ ।
ईश्वरी देवी भण्डारी एभरेष्ट बैंक झलारी , कञ्चनपुरको खाता नम्बर ०५९१०५०१२००१०४
ईसेवा ९८४१०४४८०१