अत्तरिया - कैलालीको अत्तरियामा संचालनमा ल्याएको आकस्मिक अटो एम्बुलेन्स सेवा तत्कालका लागि बन्द गरिएको छ ।
कोरोना भाईरसवाट संक्रमित र उनको आफन्तहरुलाई एम्बुलेन्स अभावका कारण भौतारिनु पर्ने बाध्यतालाई अन्त्य गर्नका लागि जिपि कोइराला लोकतन्त्र सम्बर्द्धन केन्द्र कैलालीले संचालनमा ल्याएको आकस्मिक अटो एम्बुलेन्स सेवा तत्कालका लागि बन्द गरिएको हो ।
अहिले कैलालीमा कोरोनाको संक्रमणदरमा कमी आएकाले तत्काल सेवा बन्द गरिएको जिपि कोइराला लोकतन्त्र सम्बर्द्धन केन्द्र कैलालीका अध्यक्ष जगतराम महराले जानकारी दिए । उनले आवश्यक परेमा फेरि पनि सुचारु गरिने बताए ।
जेठ ५ गतेवाट संचालनमा ल्याएको उक्त आकस्मिक अटो एम्बुलेन्सवाट करिब ५० जना बिरामी र तिनका आफन्तहरुले सेवा लिएको उनले बताए । निशुल्क रुपमा दिदै आएको उक्त सेवावाट गोदावरी नगरपालिका भित्रका धेरैले फोन गर्दै आ आफ्नो समस्या बताएपछि बिरामीलाई अस्पतालमा पुञ्याउने देखी बिरामीको मृत्यु भएपछि अस्पतालमा अलपत्र परेका उनका आफन्तलाई घर सम्म पुञ्याउने काम गरिएको उनले बताए ।
नयाँ भेरियन्ट सहितको संक्रमण फैलिएपछि कोरोनाको महामारी बढ्दो क्रममा रहेका बेला जिपि कोइराला लोकतन्त्र सम्बर्द्धन केन्द्र कैलालीले थालेको यस अभियानले धेरैलाई राहात भएको थियो ।
सो कार्यमा युवा समाजसेवी जिपि कोइराला लोकतन्त्र सम्बर्द्धन केन्द्र कैलालीका अध्यक्ष जगतराम महरा , उपाध्यक्ष राज भट्ट , महासचिब देवराज ओझा , रेडक्रस अत्तरिया उप शाखाका सचिब भरत खड्का , युवा समाजसेवी पुष्पराज भट्ट , तिर्थ उपाध्याय , बिनोद , राकेश सिंह , भुवन महरा , गोविन्द ओझा , ब्रिटेन बिष्ट , चेतन सापकोटा लगाएतका युवा टिम रात दिन खटिएका थिए ।