अत्तरिया - जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्ष सरकारमा जाने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टी (जसपा) का १० जनालाई मन्त्री नियुक्त गर्दैछन् ।
आफ्नै पार्टीबाट पनि प्रधानमन्त्री ओलीले केही मन्त्री हेरफेर गर्न लागेका हुन् ।
जसपाका वरिष्ठ नेता राजेन्द्र महतो उपप्रधान तथा शहरी विकास मन्त्री हुनेछन् भने शरदसिंह भण्डारी उर्जा, जलस्रोत तथा सिचाई मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
यस्तै अनिल झालेलाई खानेपानी र कर्णले भूमि व्यवस्था मन्त्रालय , लक्ष्मणलाल कणलाई सहकारी तथा गरिबी निवारण मन्त्रालय , वमल श्रीवास्तवलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र उमाशंकर अरगरियालाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिएको छ ।
यस्तै चन्दा चौधरीलाई महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय र एकबाल मियालाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइने छ ।
जसपाले दुई राज्यमन्त्री पनि टुंगो लगाएको छ । चन्द्रकान्त चौधरी उर्जा र रेनुका गुरुङ महिला बालबालिका राज्यमन्त्री हुनेछन् ।
हाल बहालवाला रहेको वन मन्त्री प्रेम आले, महिला तथा बालबालिका मन्त्री जुलीकुमारी महतो र भूमि व्यवस्था तथा सहकारी मन्त्री डा.शिवमाया तुम्बाहाङ्फेको जिम्मेवारी खोसिएको छ ।
नयाँ मन्त्रीहरूको सपथग्रहण आजै बेलुकी ८ बजे हुने भएको छ। राष्ट्रपति कार्यालय शीतलनिवासमा ८ बजे सपथको तयारी गरिएको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए।