अत्तरिया - कोरोनाका बिरामीहरुको उपचार भैरहेको मालाखेती अस्पतालमा अक्सिजन सिलिण्डर सहित स्वास्थ्य सामाग्रीहरु सहयोग गरिएको छ ।
बुधबार एक कार्यक्रममा बिच ‘मानवका लागी मानवियता’ भन्ने मुल नाराका साथ जनता बचाउ सुप युवा सहयोग अभियानले ७ थान अक्सिजन सिलिण्डर सहित अन्य स्वास्थ्यका सामाग्रीहरु सहयोग गरेको हो ।
अभियानका संयोजक निर्मल बिष्टले अस्पतालका लागि ७ थान अक्सिजन सिलिण्डर, ४ बोतल सानो सेनिटाईजर , २५ लिटर ठूलो सेनिटाईजर , ५ थान पिपिई सेट , २ सय जोडी ग्लब्स, ३० वटा फेस सिल्ड र १ हजार ७ सय ५० पिस सर्जिकल मास्क गोदावरी नगरपालिकाका नगरप्रमुख हरि सिँ साउँदलाई हस्तान्तरण गरेका थिए ।
कोरोनाका बिरामीहरुको उपचार भैरहेको यस क्षेत्रको अस्पतलामा महामारीका बेला थोरै भएपनि राहत होस भन्ने उद्देश्यका साथ अक्सिजन सिलिण्डर र स्वास्थ्य सामाग्री सहयोग गरेको संयोजक बिष्टले बताए ।
अत्तरियामा घर भएका बिष्टले अक्सिजन अभावका कारण धेरैले ज्यान गुमाएका खबरहरु आउन थालेपछि आफ्नो क्षेत्रका नागरिकहरुको जिवन रक्षाका लागि विदेशमा रहेका आफ्ना साथीहरु भनेपछि साथीहरुकै सहयोगमा उक्त सामाग्रीहरु सहयोग गरिएको उनले बताए ।
अक्सिजन सिलिण्डर सहित स्वास्थ्य सामाग्रीहरु ग्रहण गर्दै गोदावरीका नगरप्रमुख साउँदले युवाले चालेको कामको प्रशंसा गर्दै धन्यवाद दिएका छन् ।
उनले आफ्नो क्षेत्रका दाजुभाई तथा दिदि बहिनीको जिवन रक्षाका लागि एक जना युवाले गरेको यो महान कार्यलाई अरु युवाहरुले पनि अनुसरण गर्नुपर्ने उनको भनाई थियो ।
यसका साथै बुधवार नै संयोजक बिष्टले ईलाका प्रहरी कार्यालय मालाखेती र सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियालाई पनि स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरेका छन् ।