अत्तरिया - कैलालीको गोदावरी नगरपालीका २ मा रहेको शान्तिटोल विकास समितिको नया कार्यसमिति चयन भएको छ ।
स्थानीय सरकार गठन भए पस्चात टोल बिकास समितिलाई बैधानिक रुपमा अगाडि पढाइ स्थानीय स्तरमा हुने सम्पुर्ण बिकास निर्माणलगायत अन्य गतिविधिको सहजीकरण गर्ने उद्देश्यले टोल बिकास समिति गठन प्रक्रिया सुरु भएका थिए। तेसै अनुरुप २०७२ मै अत्तरिया नगरपालिका हुदा नै शान्तिटोल बिकास समिति गठन गरिएको थियो।
आज गठन गरिएको टोलविकास समितिको अध्यक्षमा गोरख बोहरा चयन भएका छन ।
विधानअनुसार कार्यसमितिको दुई बर्षे कार्यकाल सकिदा पनि अहिले सम्म कुनै बैठक, समितिको नविकरण, सधारण सभा, अडिटिङ लगायतका कार्य नभएकोले आज नया कार्यसमिति चयन गरिएको सल्लाहकार समितिका संयोजक धर्म सिंह कुवँरले बताए ।
आज बसेको टोल विकास समितिको बैठकबाट बोहरा अध्यक्षमा चयन भएका छन भने उपाध्यक्षमा तिलक मल्ल, सचीव धना बलायर, सहसचिव हरि मल्ल, कोषाध्यक्ष चन्द्रा बिष्ट रहेका छन् ।
सदस्यहरुमा गोरख महरा, नेत्र महरा, लक्ष्मी देउवा, लक्ष्मी कार्की र नरी बिक रहेका छन भने एउटा सदस्य समितिले पछि छनौट गर्ने बताईएको छ ।
त्यस्तै सल्लाहकार संयोजकमा धर्म सिंह कुवँर रहेका छन् । सदस्यहरुमा लक्ष्मी बोहरा, हर्केश महरा, अर्जुन बोहरा, लोक बहादुर मल्ल, गंगा महता, चन्द्र बहादुर ऐर, भिम बहादुर कार्की, बहादुर जोरा, हेमन्ती पाल र नरेश धामी रहेका छन ।
केही बर्षदेखी बेवास्था झै गरिएको शान्तिटोल बिकास समितिलाई अब नयाँ ढंग र योजना सहित अगाढी बढाउदै लैजाने सल्लाहकार संयोजक कुवँरले बताए ।