बाजुरा - जिल्लाको बडिमालिका नगरपालिका वडा नं ८ को दुदुली र वडा नं ९ को मोटेडाँडा जोड्ने भैतमी खोलामा झुलङ्गे पुल संचालन भएपछि त्यस क्षेत्रका बाँसिन्दाहरु खुसी भएका छन ।
विगतका वर्ष देखी खोलामा पुल नहुँदा जोखीम यात्रा गरी रहेका दुदुलीका स्थानियहरु अहिले भैतमी खोलामा पुल बनेपछि निकै खुसी भएको स्थानीय बासी सुर्य बडुवालले जानकारि दिए । उनले खोलामा पुल बने पछी आँफुहरुलाई वर्षताको समयमा आवत जावत गर्न सहज भएको बताए ।
बडिमालिका नगरपालिकाकि उपप्रमुख कविता विष्टले एक औपचारिक कार्यक्रमका बिच पुलको उद्घाटन गरेकि हुन । उनले वर्षायामा स्थानिय बासीलाई खोलामा आवत जावतमा समस्या हुने भएकाले खोलामा झुलङ्गे पुल निर्माण गरिएको बताईन ।
यस्तै, उपप्रमुख विष्टले अव नगर बासीले कुनै पनी खोलामा ज्यान जोखीम हुने गरी आवत जावत गर्न नपर्ने बताएकि छन । उनले अवको दुई वर्ष भित्र नगरपालीका भित्रमा रहेका सबै खोलामा झुलङ्गे पुल निमार्ण गरी तुुइन र काठेपुल मुक्त खोला घोषण गर्ने बताईन ।
नगरपािलका र पिसवीन बाजुराको आर्थीक सयोगमा २७ लाखको लागतमा पुल निर्माण गरिएको योजनाका अध्यक्ष गगन जानकारि दिए । उनले गत फागुनबाट निर्माण कार्य सुरु भई जेठ मसान्तमा सक्नुपर्ने भएपनि उपभोक्ता समिति मार्फत निर्माण कार्य संचालन भएको र किसान असारे काममा व्यस्त भएकाले निर्माण सम्पन्न गर्न केही ढिलाई भएको बताए ।
पुल संचालनमा आएसंगै वडिमालिका नगरपालिकाका रिठीजेउड्या, बाह्रलिगं, पाँधे, बाघडाँडा, दुदुली र मोडेडाँडाका २०० परिवार लाभाम्वित भएका छन् ।