अत्तरिया - कैलालीको गोदावरी नगरपालिकालाई आगामी बजेटमा शिक्षालाई पहिलो प्राथमिकता माग गरेको छ । नेपाल राष्ट्रिय शिक्षक संगठन गोदावरी नगर समितिले नगरपालिकालाई आफ्ना कार्यक्रम सहितको पत्र पेश गर्दै आगामी आर्थिक बर्ष २०७८÷७९ को बजेटमा शिक्षालाई पहिलो प्राथमिकता दिन माग गरेको हो ।
शिक्ष संगठनले पेश गरेको उक्त पत्रमा गोदावरी नगरको शिक्षा क्षेत्रको विकासका लागि बिभिन्न १८ बुदे माग राखिएको छ । जसको पहिलोमा आगामी बजेटमा शिक्षालाई पहिलो प्राथमिकतामा राखेर बजेट बिनियोजन गर्न अनुरोध गरिएको छ ।
नेपाल राष्ट्रिय शिक्षक संगठन नगर समितिका अध्यक्ष नरेन्द्र शर्माद्धारा हस्ताक्षित माग पत्र तथा कार्यक्रममा सामुदायिक बिधालयमा कार्यरत सम्पूर्ण निजि स्रोतका शिक्षकहरु र कर्मचारीहरुलाई नगर शिक्षा र नगर कर्मचारीका रुपमा राख्न , निजी स्रोतका शिक्षकलाई पनि पोसाक भत्ता उपलब्ध गराउन , शिक्षकहरुलाई तालिमको ब्यबस्था गर्न , बाल विकास कक्षका स.कालाई प्रदान गरिदै आएको पारिश्रमिक न्यून रहेकाले उनीहरुको पारिश्रमिक बढाउन गर्न माग गरिएको छ ।
यस्तै छात्राहरुलाई निशुल्क रुपमा दिदै आएको सेनेटरी प्याडको प्रयोग तथा ब्यबस्थापनका लागि बिधार्थी संख्यालाई मध्यनजर गरी आवश्यक प्रयोग कक्षाहरु निर्माण गर्न , प्रत्येक विद्यालयमा आवश्यक भौतिक संरचना निर्माण गर्न , बिधुत सेवा नपुगेका बिधालयहरुमा सौर्यबत्ति जडान गर्न , बाल कक्षा संचालन नभएका बिधालयमा बाल कक्षा संचालन गर्न , नमुना बिधालय भ्रमणका लागि भ्रमणको ब्यबस्था गर्न , गोदावरी नगरपालिका भित्र संचालमा रहेको कुनै दुईवटा बिधालयलाई नमुना बिधालयका रुपमा छनौट गरी त्यसका लागि आवश्यक बजेट बिनियोजन गर्न , राम्रो बिधालय , कुशल प्रध्यानाध्यापक , मेहेनती शिक्षक तथा बिधालयमा उल्लेखनिय काम गर्ने ब्यबस्थापन समितिका अध्यक्षहरुलाई पुरस्कारको ब्यबस्था , गरिब र जेहेन्दार बिधार्थीहरुलाई उचित छात्राबृति प्रदान गर्न लगाएतका मागहरु राखिएका छन् ।
