अत्तरिया - नेपाल उद्योग वाणिज्य महासंघ सुदुरपश्चिमले नयाँ आउने बजेट कोरोना नियन्त्रणका लागि खर्च गर्न माग गरेको छ ।
साथै कोरोना नियन्त्रणका लागि सबै ठाउँमा यथासक्य छिटो कोरोना खोपको आपूर्ति गर्न समेत माग गरेको छ ।
विश्वव्यापि फैलिएको कोरोना भाइरसको दोस्रो चरणको महामारी नेपालमा पनि फैलिरहेको छ । कोभिड १९ को पहिलो र दोस्रो चरणको कारणले नेपालमा पनि ठुलो मानवीय क्षति पुगिरहेको अवस्थामा यस्तो अवस्था नियन्त्रण गर्न महासंघले एक प्रेस विज्ञप्ति जारी गर्दै आफ्ना मागहरु प्रस्तुत गरेको छ ।
विगत एक महिना देखि कोरोनाको बढ्दो संक्रमणलाइ नियन्त्रण गर्न नेपाल सरकारले भ्यायसम्मको संयन्त्र प्रयोग गर्दा पनि नियन्त्रण हुन सकिरहेको छैन ।
नेपाल सरकारले जसको नियन्त्रण गर्न लेशका विभिन्न जिल्लाहरुमा निषेधाज्ञा जारी गरेको छ । तर पनि कोरोना देशभर फैलिरहेको छ । त्यसैले कोरोना भाइरसको दिर्घकालिन तथा भरपर्दाे माध्यम भनेको विश्व वजारमा उत्पादित कोरोनम खोप आम जनतामाझ पुर्याउनु महासंघको निष्कर्ष रहेको छ ।
जस कारण आम सर्वसाधारणमा कोरोना खोप यथासिघ्र पुरयाउनु माग गरेको छ । कोरोनाको खोप व्यवस्था गर्न नेपाल सरकारले निजि क्षेत्रलाई समेत सहभागीता गरेमा सहज हुनेछ विज्ञप्तिमा भनिएको छ ।
खोप अभियानमा आम सर्वसाधारण लगायत गरिब र विपन्न बर्गका जनतालाई निशुल्क उपलब्ध गराउन समेत माग गरेको छ ।
नेपाल उद्योग वाणिज्य महासंघ सुदुरपश्चिम प्रदेशका अध्यक्ष शंकर बोगटीको हस्ताक्षर रहेको विज्ञप्तिमा खोप आयात गर्दा हुन सक्ने सम्भावित कालोबजारी, भष्ट्रचार र अनियमितता बारे पनि सरकारलाई ध्यानाकर्षण गराएको छ ।
![](https://www.godawarinews.com/uploads/editor/MARCH%202021/190542242_133242318869040_7365969413639133459_n.jpg)