अत्तरिया - कैलालीको गोदावरी नगरपालिकाकी उप प्रमुख रत्ना कडायत कोरोना संक्रमणमुक्त भएकी छिन् । गोदावरी नगरपालिका वडा नं ५ गेटा घर भएकी उनलाई बैशाख २१ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
कोरोना पुष्टि भएदेखी होमआइसोलेसमा बस्दै आएकी उनले आज २२ दिन पछि कोरोना जितेकी हुन् । दोस्रो रिपोर्ट पोजेटिभ आएपनि आजको तेस्रो रिपोर्ट भने नेगेटिभ आएको उपप्रमुख कडायतले बताएकी छन् ।
कोरोनामुक्त भएपछि उनले आफ्नो सामाजिक संजालमा लेखेकी छन् ...
"कोरोनासंग करिब तीन साता लामो समयावधि जुधिरहदा विविध माध्यमबाट माया गरि मनोबल बढाउन सहयोग गर्नुहुने आदरणिय सम्पुर्ण बुवाआमा, दाजुभाई तथा दिदिबहिनिहरूमा सादर सम्मान सहित हार्दिक आभार ब्यक्त गर्दछु ।
यस महाविपतमा रहनुभएका संकमित सम्पुर्णमा सिघ्र स्वास्थ्यलाभको कामना र कोरोनाबिच अकालमा ज्यान गुमाउनुहुने सबैमा हार्दिक श्रद्वासुमन । यस बिचमा धेरै फोन,म्यासेज आदिको रिप्लाई दिन सकिन माफ गर्नुहोला भन्न चाहन्छु ।
असल नागरिकको हैसियतले सबैले आआफ्नो तहबाट अग्रपंक्तिमा खटिरहनु भएका स्वास्थ्यकर्मी,सुरक्षाकर्मि र अन्य सहयोगी महानुभावहरूलाई सहयोग गरौ, मनोबल बढाउन लागौं ।
यो साझा समस्या साझा प्रयासबाट सबैले सबैलाई सहयोग गरौ, मनोबल उच्च राखौं,माया गरौ,सम्मान गरौ, कोरोनासँग कृपया खेलवाड नगरौ सावधानी अपनाउ सादर अनुरोध गर्दछु । "