धनगढी -नेकपा एमालेको केन्द्रमा परेको राजनितीको प्रभाब सुदुरपश्चिममा पनि पर्ने भएको छ । सुदुपश्चिममा माओबादी केन्द्र नेत्रित्वको सरकारलाई एमालेको साथ रहेको छ ।अब एमालेले आफ्नै नेत्रित्वमा सरकार बनाउन सोमबार मात्रै सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । सुदुरपश्चिम प्रदेशमा प्रतिनिधित्व गर्ने एमालेका बहुमत प्रदेश सांसद माधव - भिम रावल निकट रहेका छन । तर माधव नेपाल ,झलनाथ खनाल,भिम रावल लगाएत ११ जनालाई एमालेले सोमबार नै पार्टीको साधारण सदस्य नै नरहने गरी कार्बाही गरेको छ । त्यसको प्रत्यक्ष प्रभाब यँहा पनि पर्ने भएको हो ।
अहिले नेकपा एमालेका सुदुरपश्चिम इन्चार्ज लेखराज भट्ट रहेका छन । उनले नै बर्तमान माओबादी नेत्रित्वको सरकार फाल्ने पटक पटक प्रयास गरेपनी त्यो सफल हुन सकेको थिएन । एमाले पार्टी एक हुँदा सम्म माधव नेपाल समुह को साथ रहेकाले यस अघी प्रदेश सरकार टिक्न सफल भएको थियो । ओली समुहमा भने प्रदेशमा जम्मा ६ जना मात्रै सांसद रहेका छन ।
अब माधव समुहले नयाँ पार्टी खोलेमा उक्त पार्टीमा कती जना एमालेका प्रदेश सांसद जान्छन त्यसैमा सरकारको आयु निर्भर रहने एमालेका एक सांसदले बताए । एमाले छोडेर भिमरावल सँगै अर्को पार्टीमा जाने सांसदको संख्या न्युन हुन सक्ने पनि स्रोतको दाबी छ । यदी प्रदेश सांसदहरु माधव - भिम रावलको टिममा गए भने एमालेले कार्बाही गर्न सक्ने डरले पनि सांसदहरु त्यता नलाग्ने बुझिएको छ ।
माधव-भिम रावलको साथ छोडेर एमाले मै रहे तारालामा तमाङ,प्रकाश शाह ,दिर्घ सोडारी ले पनि मुख्यमन्त्रीको दाबी गर्नेछन । तर ओली समुहले पठान सिं बोहरालाई मुख्यमन्त्री बनाउने सोच बनाएको छ । उनी अहिले प्रदेश इन्चार्ज लेखराज भट्ट संग पनि नजिक छन ।
यस्तो छ अंक गणित
५२ सदस्य रहेको सुदुरपश्चिम प्रदेशसभामा एमाले एक्लैसंग २५ जना सांसद छन् । यस्तै माओवादी केन्द्रका १३, नेपाली कांग्रेसका १२ र जनता समाजवादी पार्टी (जसपा)का २ जना सांसद छन् । एमालेलाई जसपाका दुई जना सांसदले समर्थन गर्ने वित्तिकै सरकार बन्ने अंकगणित छ ।
जसपाका दुई सांसद महन्थ ठाकुर र राजेन्द्र महतो पक्षका हुन । उनिहरु केन्द्रमा एमालेसंगै भएकाले पनि सरकार बनाउन एमालेलाई प्रदेशमा सजिलो छ । केन्द्रको अर्को एलासन्स अनुसार माओबादी कांग्रेस मिलेपनी २५ नै हुन्छ र त्यो गठबन्धनको लागी पनि जसपाको साथ नै चाहिन्छ ।तर जसपाका सांसदको साथ एमाले ओली समुहलाई नै रहेन बुझिएको छ