अत्तरिया- सुदुरपश्चिमभर गत आर्थिक बर्ष ०७५÷०७६ मा भएको सवारी दुर्घटनामा ठुलो संख्यामा मानविय क्षेति भएको छ । विगतका आर्थिक बर्षको तथ्याङक हेर्दा गत बर्ष भएका सवारी दुर्घटनामा ठुलो संख्यामा मानविय क्षेति भएको हो । सुदुरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले दिएको जानकारी अनुसार गत आर्थिक बर्ष २०७५÷०७६ मा सुदुरपश्चिमभर २ सय ३४ वटा सवारी दुर्घटनामा परी २ सय २३ जनाले ज्यान गुमाएका छन् ।
यो तथ्याङक हेर्दा गत आर्थिक बर्षमा ठुलो संख्यामा मानविय क्षेति भएको छ । यस्तै दुर्घटनामा परी ४ सय ३४ जना घाईते भएका छन् । कैलाली जिल्लामा मात्रै ८५ वटा सवारी दुर्घटनामा परी ६६ जनाको मृत्यु भएको छ भने १ सय ५१ जना घाईते भएका छन् ।
यस्तै कञ्चनपुरमा ५७ सवारी दुर्घटनामा ४५ जनाको मृत्यु , २० घाईते , डडेल्घुरामा १३ सवारी दुर्घटनामा ३५ जनाको मृत्यु , १०६ जना घाईते , डोटीमा २७ सवारी दुर्घटनामा ९ जनाको मृत्यु , ३३ जना घाईते , अछाममा १२ सवारी दुर्घटनामा १३ जनाको मृत्यु , २६ जना घाईते , बैतडीमा १८ सवारी दुर्घटनामा १० जनाको मृत्यु , ४३ जना घाईते , दार्चुलामा ९ सवारी दुर्घटनामा १५ जनाको मृत्यु , १९ जना घाईते , बझांगमा ९ सवारी दुर्घटनामा २४ जनाको मृत्यु , ३२ जना घाईते र बाजुरा जिल्लामा ४ सवारी दुर्घटनामा ६ जनाको मृत्यु , ४ जना घाईते भएका हुन् ।
मृत्यु हुनेमा पुरुष १ सय ५६ जना , महिला ४४ जना , बालक ११ र बालिका १२ जना रहेका छन् भने घाईते हुनेमा पुरुष २ सय ८२ जना , महिला १ सय २४ जना , बालक २० र बालिका ८ जना रहेका छन् । दुर्घटनमा हुनेमा सबै भन्दा बढि मोटरसाईकल रहेका छन् भने त्यस पछि जिपकार , ट्याक्टर , बस , ट्रक , माइक्रो , स साना सवारी साधन र अन्य रहेका छन् ।
दुर्घटनामा जम्मा संलग्न भएका ३ सय १६ सवारी साधनहरु मध्ये सबै भन्दा बढि १०७ वटा मोटरसाईकल दुर्घटनामा परेका हुन् । सुदुरपश्चिम प्रदेशमा बर्षेनी बढ्दै गएको सवारी दुर्घटनामा ठुलो जनधनको क्षेति हुने गरेको छ । ट्राफिक प्रहरीले आफ्नो सक्रियता बढाएको भनी दाबी गरेपनि सुदुरपश्चिमका नौ वटै जिल्लामा सवारी दुर्घटनामा भने कमी आउन सकेको छैन् ।
सवारी दुर्घटना न्युनिकरणका ट्राफिक प्रहरीले चार्डवार्डको समयमा केहि सक्रियता बढाएपनि अघि पछि भने निश्किृय हुने गरेको देखिन्छ । सुदुरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार सवारी साधानहरुको चाप बढ्दै जानु , यात्रु र चालकको दुवैको लापरबाहि र सडकको अबस्थाका कारण बर्सेनी सवारी दुर्घटना बढ्दै गइरहेका छन् ।
मोटससाईकल चलाउदा हेलमेटको प्रयोग नगर्नु , ग्रमिण क्षेत्रमा पनि सवारी साधनको गति कम नहुनु , सडकमा सवारीको चाप बढ्दै जानु , सडक पुराना र साँघुरो हुनु र सवारी चालक तथा सवारी धनीले प्रहरीलाई छलेर भएपनि कम क्षेमता भन्दा बढि भार बोक्नु लगाएतले सवारी साधनहरुको दुर्घटना बढ्दै गएको ट्राफिक प्रहरीको भनाई छ ।
बढ्दो सवारी दुर्घटनाका कारण यात्रा गर्नै डर लाग्ने गरेको सर्वसाधारणहरु बताउदछन् । यात्रु बोक्ने साधनमा सवारी चालक र सवारी धनीले जनाबर देखी खाध्यान्न सम्म बोकेर ग्रमिण क्षेत्रहरुमा गाडी चलाउने र त्यस तर्फ प्रहरीको ध्यान कम जादाँ बढि दुर्घटना भैरहेको स्थानियहरुको भनाई छ ।