अत्तरिया - कैलालीको अत्तरियाका केही युवाहरु मिलेर संचालन गरेको ‘हाम्रो गोदावरी, हाम्रो अभियान’मा सहयोगी दाताहरु बढ्दै गएका छन् ।
गोदावरी नगरपालिका वडा नं ३ मा रहेको यस क्षेत्रको पुरानो सरकारी अस्पताल मालाखेती अस्पतालमा १० वटा अक्सिजन कन्सन्ट्रेटर सहयोग गर्ने लक्ष्यका साथ उक्त अभियानमा अहिले साना ब्यापारी देखी ठूलो उधोगी , ब्यबसायी तथा बिभिन्न संघ संस्था र राजनितिक दलका ब्यक्तिहरुवाट पनि सहगोग जुट्ने क्रम बढ्दै गएको हो ।
युवाहरुले चालेको उक्त अभियानको प्रशंसा गर्दै सबैले मन खोलेर स्वातस्फूर्त रुपमा सहयोग गरिरहेका छन् ।
मंगलबार मात्रै सो अभियानमा जोडिएर अत्तरियामा रहेको आर आर टे्रड एण्ड सप्लायर्सका संचालक मिरा भट्टका छोरा गणेश राज भट्टले ५५ हजार ५ सय ५५ रुपैया सहयोग गरेको छन् भने अत्तरियामा माईती घर भई हाल अमेरिका बस्दै आएकी भिम दत्त पाण्डेकी छोरी सुसिला पाण्डे , ज्वाई रमेश्वर पाठक र नतिनी मिराका तर्फवाट ५० हजार ४० रुपैया सहयोग गरेका छन् ।
यस्तै सो अभियानलाई साथ दिदै आजै नेपाली काग्रेसका पूर्व केन्द्रिय सदस्य सुनिल कुमार भण्डारीले २५ हजार , अर्का कांग्रेसका नेता हिरादत्त भट्टले आफ्नो ५० हजार र गोदावरी चेम्बर आफ कर्मशले १६ हजार रुपैया सहयोग गरेका छन । अभियान संचालन भएको ३ दिनको अबधिमा १२ लाख बढी रकम संकलन भएको अभियानका अभियान्ता प्रमोद अधिकारीले जानकारी दिए ।
मंगलबार ४ लाख ९५ हजार रुपैया उठेसंगै हाल सम्म उक्त अभियानमा १२ लाख ४५ हजार रुपैया जम्मा भएको उनले बताए । अभियानको पहिलो दिन ३ लाख ८५ हजार र दोस्रो दिन ३ लाख ६५ हजार रुपैया उठेको थियो ।
अझै पनि सहयोग गर्नेहरुको संख्या दिनप्रतिदिन बढिरहेको अभियान्ता अधिकारीले बताए ।
कोरोना भाईरसको महामारीमा अक्सिजन अभावका कारण अकालमै ज्यान गुमाईरहेका नगरबासीहरुलाई सहज रुपमा अक्सिजन उपलब्ध गराउन सहज होस् भन्ने हेतुले आफुहरुले सहयोग गरेको उहाँहरुको भनाई रहेको छ ।
कोरोना महामारीका बेला अक्सिजन नपाएर कसैले पनि अकालमै ज्यान गुमाृउनु नपरोस् भन्ने उध्ेश्यका साथ संचालन गरिएको अभियानमा दिनप्रतिदिन सहयोगीदाताहरु बढ्दै गएको प्राप्त भएको अभियानका अभियान्ता प्रमोद अधिकारीले जानकारी दिए ।