अत्तरिया - कैलालीको अत्तरियामा युवाहरु मिलेर सुरु गरेको ‘हाम्रो गोदावरी, हाम्रो अभियान’मा सहयोगी हातहरु बढ्दै गएका छन् ।
पछिल्लो समयमा भित्रिएको नयाँ भेरियन्ट सहितको कोरोना भाईरस कोभिड–१९ को महामारीले गोदावरी नगरपालिका वडा नं ३ मा रहेको मालाखेती अस्पतालमा सृजित अक्सिजन अभावलाई कम गर्न अत्तरियाका १२ जना युवा समाजसेवीहरु मिलेर संचालन गरेको सो अभियानमा अहिले देश विदेशवाट स्वातस्फूर्त रुपमा सहयोगीदाताहरु थपिदै गैरहेका हुन् ।
कोरोना बिरामीहरुको उपचार भैहरहेको मालाखेती अस्पतलमा अक्सिजन कन्सन्ट्रेटर ब्यबस्थापन गर्नका लागि थालिएको अभियानमा सहयोगीदाताहरु बढ्दै गइरहेको सो अभियानका अभियान्ता प्रमोद अधिकारीले जानकारी दिए ।
उनका अनुसार हाल सम्म सो अभिायन अन्र्तगत ७ लाख ५० हजार रुपैया उठेको छ । दुई दिनको अबधिमा उक्त रकम उठेको अभियान्ता अधिकारीले बताए । पहिलो दिन ३ लाख ८५ हजार रुपैया सहयोग रकम उठेको थियो भने दोस्रो दिन ३ लाख ३५ हजार रुपैया उठेको उनले बताए ।
यस्तो महामारीका बेला मानव जिवनको रक्षानै सबै भन्दा पहिलो कार्य भएको भन्दै उक्त अभियानमा अत्तरिया क्षेत्रका उधोगी , ब्यवासायी लगाएत देश बिदेशवाट नेपालीहरुले स्वातस्फूर्त रुपमा सहयोग गरिहेको हुन् ।
सो अभियानवाट उठेको रकमवाट गोदावरी नगरक्षेत्रका कोरोना संक्रमितहरुको सहज उपचारका लागी मालाखेती अस्पतालमा १० वटा अक्सिजन कन्सन्ट्रेटर सहयोग गर्ने लक्ष्य रहेको छ । अक्सिजन अभावकै कारण कसैले पनि अकालमै ज्यान गुमाउनु नपरोस भनेर अत्तरियाका युवाहरुले गरेको यो पवित्र कार्यमा तपाईहरु पनि जोडिन सक्नुहुनेछ ।
जसका लागि निम्न ठाउँहरुमा सहयोग गर्नसक्नु हुनेछ ...
प्रमोद अधिकारी बैङ्क अफ काठमाण्डौ अत्तरिया खाता न. २४२२०००००००८५२४
ईसेवा मार्फद पैसा पठाउनेहरुका लागि ९८६८४१२४४९
आईएमई पे बाट पठाउनेहरुका लागि ९८११६९११९६ को नम्बर रहेको छ ।