अत्तरिया - कैलालीको अत्तरियामा युवाहरुले ‘हाम्रो गोदावरी, हाम्रो अभियान’को सुरुवात गरेका छन् ।
पछिल्लो समयमा भित्रिएको नयाँ भेरियन्ट सहितको कोरोना भाईरस कोभिड–१९ को महामारीले गोदावरी नगरपालिका वडा नं ३ मा रहेको मालाखेती अस्पतालमा सृजित अक्सिजन अभावलाई कम गर्न अत्तरियाका १२ जना युवा समाजसेवीहरु मिलेर उक्त अभियान सुरुवात गरेका हुन ।
प्रदेशको स्थायी राजधानी तोकिएको गोदावरी नगर क्षेत्रमा कोभिड चेकजाँच गर्न एन्टिजेन टेष्ट किटको अभाव र कोरोना बिरामीहरुको उपचार भैहरहेको मालाखेती अस्पतलमा बेडहरु उपलब्ध भएपनि अक्सिजनको अभाव देखिएकाले यहाँको समस्यालाई कम गर्न सुरु गरिएको अभियानमा सहयोगी हातहरु बढ्दै गएका छन् ।
यस्तो महामारीका बेला मानव जिवनको रक्षानै सबै भन्दा पहिलो कार्य भएको भन्दै उक्त अभियानमा अत्तरिया क्षेत्रका उधोगी , ब्यवासायी लगाएत देश बिदेशवाट नेपालीहरुले स्वातस्फूर्त रुपमा सहयोग गरिहेको हुन् ।
अभियानको पहिलो दिन मात्रै ३ लाख ८५ हजार रुपैया सहयोग रकम उठेको सो अभियानका अभियान्ता प्रमोद अधिकारीले जानकारी दिए ।
उनले अभियान सुरु गरेको पहिलो दिन नै गोदावरी नगरपालिका क्षेत्र भित्र रहेका बिभिन्न सहयोगी दाताहरुले खुल्ला मनले साथ सपोर्ट दिदै सहयोग गरेको बताए । अझै पनि देश तथा बिदेशवाट पनि सहयोग क्रम बढिरहेको उनले बताए ।
कोरोनाको बढ्दो महामारीसंगै यस बेला अक्सिजन नपाएर अकालमै ज्यान गुमाउनुपर्ने बाध्यतालाई अन्त्य गरी एक मानबले अर्को मानबको जिवन रक्षा गर्नु नै उत्तम रहेकाले सबैलाई आ आफ्नो तर्फवाट सहयोग गरिदिन ‘हाम्रो गोदावरी, हाम्रो अभियान’ परिवारले आग्रह गरेको छ ।
सो अभियानवाट उठेको रकमवाट गोदावरी नगरक्षेत्रका कोरोना संक्रमितहरुको सहज उपचारका लागी मालाखेती अस्पतालमा १० वटा अक्सिजन कन्सन्ट्रेटर सहयोग गर्ने लक्ष्य लिएको अभियान्ता अधिकारीले बताए ।
अक्सिजन अभावकै कारण कसैले पनि अकालमै ज्यान गुमाउनु नपरोस भनेर अत्तरियाका युवाहरुले गरेको यो पवित्र कार्यमा तपाईहरु पनि जोडिन सक्नुहुनेछ ।
जसका लागि निम्न ठाउँहरुमा सहयोग गर्नसक्नु हुनेछ ....
प्रमोद अधिकारी बैङ्क अफ काठमाण्डौ अत्तरिया खाता न. २४२२०००००००८५२४
ईसेवा मार्फद पैसा पठाउनेहरुका लागि ९८६८४१२४४९
आईएमई पे बाट पठाउनेहरुका लागि ९८११६९११९६ को नम्बर रहेको छ ।
