अत्तरिया - कैलालीमा जारी निषेधाज्ञाको उल्लघन बढ्दै गएपछि प्रहरीले थप कडाई गर्न थालेको छ ।
नयाँ भेरियन्ट सहितको कोरोना संक्रमण तिब्र गतिमा बढिरहेको र पछिल्लो समय मृत्युदर पनि बढिरहेकाले यसवाट बच्नका लागि प्रहरीले बजार क्षेत्रमा अनआवश्यक रुपमा हिडडुल गरिरहेकाहरुलाई रोकेर कारबाही गर्न थालेको छ ।
सुदूरपश्चिमको राजधानी धनगढीमा आज बिहानै देखी थप कडाई गरिएको छ । नागरिकहरुमा सचेतना सहित निषेधाज्ञाको पूर्ण पालना गराउन जिल्ला प्रहरी कार्यालय कैलालीवाट प्रहरी निरिक्षक महेश्वरी बिष्ट सहितको प्रहरीको टोली यति बृला सडकमा खटिएको छ ।
बिहानैको समयमा बजारमा अनआवश्यक हिडडुल गरिरहेकाहरुलाई केही समय सडकमै होल्ड गरी राखेको छ ।
प्रहरी निरक्षक बिष्टले कोरोनालाई मजाकका रुपममा नलिन र आवश्यक काम बाहेक अनआवश्यक रुपमा घर बाहिर ननिस्कन उनीहरु सबैलाई सम्झाई बुझाइ गरिरहेकी छन् ।
उनले सडकमा अनआवश्यक रुपमा हिडडुल गरिरहेकाहरुलाई सम्झाउदै भनिन् - "हामी हाम्रो लागि तपाईहरुलाई घर भित्र बस्नुहोस भनिरहका छैनौ , हामी तपाईकै लागि र तपाईको स्वास्थ्यका लागि भनिरहेका छौ , त्यसैले यसलाई कसैले मजार नसम्झौ सबैले आदेशको पालाना गरौ ।"
संक्रमणदर र मृत्युदर गतिले बढिरहेका बेला प्रशासनको आदेशको अबज्ञा गर्ने सवारी साधन देखी मानिसहरु प्रहरीले दैनिक जसो नियन्त्रणमा लिएर कारहबाही गर्ने गरेको छ ।
बढ्दै गएको कोरोना संक्रमणलाई चेन ब्रेक गर्न जिल्ला प्रशासन कार्यालय कैलालीले यही बैशाख १६ गतेवाट जारी गरेको निषेधाज्ञा तेस्रो पटक जेठ ६ गतेसम्मका लागि लम्ब्याएको छ ।