अत्तरिया - कैलालीको गोदावरी नगरपालिका वडा नं ८ स्याउलेका व्यावसायीहरुले अपाङ्गगता भएका ब्यक्तिहरुलाई स्वास्थ्य समाग्री सहित खाध्यान्न सहयोग गरेका छन् ।
स्याउले बजार ब्यबस्थापन समितीका अध्यक्ष गोपाल देउवा सहित व्यावसायीहरु प्रकाश कुबर , विरेन्द्र चौधरी , निशान्त मल्ल , रुद्र भुल र राम सिंह भुलले अपाङ्गगता भएका ब्यक्तिहरुका लागि धनगढी उपमहानगरपालिका वडा नं १३ गेटामा रहेको नेपाल अपाङ्ग संघलाई आज स्वास्थ्य सामग्री सहित खाध्यान्न सहयोग गरेका हुन् ।
जसमा चालम , दाल , नुन , तेल , नमकिन , चिउरा , जुस , नुहाउने र लुगा धुने साबुन लगाएत गरी स्वास्थ्य र खाध्यान्नका सामग्रीहरु सहयोग गरेको स्याउले बजार ब्यबस्थापन समितीका अध्यक्ष देउवाले बताए ।
उनले कोरोना महामारीका बेला बिपन्न , गरिब , अपाङ्गता भएका ब्यक्तिहरु कसैलाई पनि समस्या नहोस र कोही पनि भोको नरहुन भन्ने उध्ेश्यका साथ ब्यावसायीहरु मिलेर एउटा टिम बनाएको र सोही टिम मार्फत सहयोग बितरण गरिरहेको बताए ।
उनले वडा नं ८ भित्र कोही पनि गरिब र दैनिक ज्याला मजदुरी गरी खाने वर्ग मारमा परेमा आफुहरुले सहयोग गर्ने बताएका छन् ।
ब्यवासायीहरुले केही दिन पहिले कोरोना महामारीका बेला फ्रन्ट लाईनमा उभिएर काम गरिरहेका सुरक्षाकर्मीहरुलाई कोरोनावाट बच्नका लागि मास्क , सेनेटाइजर लगाएतका स्वास्थ्य सामाग्रीहरु सहयोग गरेको थियो ।