अत्तरिया - कैलालीको गोदावरी नगरपालिका वडा नं ६ कुटी बडेहा खोलामा निर्माणाधिन पुलको कामले तिव्रता पाएको छ । २०७७ साल असाढ मसान्तमा ठेक्का सम्झौता भएको उक्त पुलको निर्माण सुरु भएदेखी कामले तिब्रता पाएको हो ।
२०७७ साल असाढ मसान्तमा ठेक्का सम्झौता भएर कार्तिक महिना देखि निर्माणको काम सुचारु भएको हो । निर्माणको काम थालेको ७ महिनाको अबधिमा पुल निर्माणको काम करिब ८० प्रतिशत सम्पन्न भैसकेको छ ।
प्रदेश सरकारको पुर्वाधार विकास कार्यालय कैलालीले निर्माण गर्न लागेको उक्त पुलको अनुमानित कुल लागत ४ करोड १६ लाख ८९ हजार २ सय ९१ रहेकोमा ठेकेदार कम्पनीसंग ३ करोड ५८ लाख २२ हजार १ सय ३७ रुपौयाँमा ठेक्का सम्भौता भएको छ ।
पुल निर्माणको काम एलबी एण्ड एबी बिल्डर्स प्रालीले गरिरहेको छ । सो पुलको लम्बाई २५ मिटर र चौडाई ७ दशमलव ५ मिटरको मुख्य सडक र ३ मिटरको फुटपात रहने जनाईएको छ ।
पुलको निर्माणका लागि २०७८ पुस २८ गते अर्थात १८ महिनाको समयाबधि तोकिएकोमा यही असार मसान्त सम्म सम्पन्न गर्ने गरी काम भैरहेको पुर्वाधार विकास कार्यालयका प्रमुख श्याम बहादुर खड्काले बताए ।
विश्वभर माहामारीको रुपमा फैलिरहेको नोबेल कोरोना भाइरसले गर्दा लकडाउन भएका कारणले पनि पुल निर्माणको काममा ढिलाई भएको निर्माण कम्पनि एलबि एण्ड एबि बिल्डर्स प्रालिका प्रतिनिधि ईश्वर बहादुर सिँहले बताए ।
कार्तिक महिना देखि काम सुचारु भएको बताउदै उनले पुल निर्माणको काम हाल करिब ८० प्रतिशत सम्पन्न भएको जानकारी दिए । अहिले फेरि निषेधाज्ञा भएको कारणले सामान ढुवानी गर्न समस्या भइरहेको छ ।
लकडाउन खुकुलो भए पछि आगामी असाढ मशान्त भित्र पुल पुर्ण रुपमा निर्माणको काम समापन हुने सिँहले बताए । पुल निर्माणको काम बिचमा विभिन्न कारण बस रोकिएको थियो । अहिले भने काम पुर्ण रुपमा सुचारु भइरहेको प्रदेश सभा सदस्य चुन कुमारी चौधरीले बताइन ।
बर्षायाम सुरु हुनु भन्दा अगाडि नै पुल निर्माणको काम सम्पन्न गरि सक्नु पर्ने लद्देयका साथ काम गर्न भनेको उनले बताइन् । आफुले चुनावका बेला विकास निर्माण सम्बन्धि गरेका वाचा पुरा गरेको र आफ्नो स्वास्थ्यलाई धरापमा राखेर काम गरि रहेको उनले बताइन् ।
पुल निर्माणको कामले तिब्रता पाए संगै स्थानियबासीहरु पनि निकै खुसि भएका छन् । लामो समय पछि आफ्नो गाउँठाउँमा पुल बनिरहेको र आफ्नो पुल चढ्ने सपना चाडै पुरा हुने भन्दै सुखी लागेको स्थानिय टंक अवस्थिले बताए ।
पुल नहुदा हामीले पहिला पोल वा खोला तरेर जानु पर्ने गाडीहरु पनि त्यो बाटो नचल्ने हुदा लामो दुरिको बाटोमा गाडि गुडाउनु पर्ने बाध्यता रहेको थियो ।
अब पुल बन्दा आवत जावत,गर्न, गाडिहरु चल्ने, बर्खा यामको समयमा यहाँका स्थानियलाई सहज हुने उनको भनाई छ ।
पुल निर्माणको काम पुर्ण भएर संचालमा आएपछि स्थानियहरुलाई खेतिपाति गर्न, सवारी सधान चलाउन , सहज र छोटो दुरीमै आवत जावत गर्नमा निकै सहजता हुने विश्वास लिइएको छ ।