अत्तरिया - मानव अधिकारका लागि महिला गोदावरी एकल महिला समुहले कोरोना संक्रमित आफ्ना पदाधिकारीलाई आर्थिक सहयोग गरेको छ ।
कोरोना संक्रमण पुष्टि भएपछि १६ दिन देखी मालाखेती अस्पतालमा उपचाररत सिता ऐरको उपचारका लागि गोदावरी एकल महिला समुहले उनलाई आर्थिक सहयोग गरेको हो ।
समुहकी सह सचिब समेत रहेकी ऐरको आर्थिक अबस्था एकदमै नाजुक रहेको र कोरोना पुष्टि भएपछि केही दिन स्वास्थ्य अबस्था गम्भिर भएपछि उनलाई औषधी उपचार र अक्सिजनका लागि हाल सम्म २४ हजार रुपैया सहयोग गरिएको समुहकी अध्यक्ष खेमा बिष्टले जानकारी दिइन् ।
आज समुहका अध्यक्ष बिष्ट र कोषाध्यक्ष धना पाठकले मालाखेती अस्पतालमै पुगेर १७ हजार ६ सय रुपैया नगद र १ हजार ४ सयको फलफुल अस्पतालका कर्मचारीलाई हस्तान्तरण गरेका थिए ।
कोरोना संक्रमण भएपछि निकै समस्यामा परेको ऐरको परिवारलाई थोरै भएपनि राहात होस भनेर सहयोग अभियान संचालन गरेकोमा यस क्षेत्रका बिभिन्न संघसंस्था , उधोगी , ब्यापारी र जनप्रतिनिधिहरुले सहयोग गरेको अध्यक्ष बिष्टले बताइन् ।
गोदावरी एकल महिला समुहले यस क्षेत्रका एकल महिलाहरुको हकहित र अप्ठ्यारो परिस्थितीमा सहयोग गदैआएको छ ।
आगामी दिनहरुमा पनि सहयोग गर्दै जाने र सहयोग गर्न चहानेहरुले गोदावरी एकल महिलासंग जोडिन उनले अनुरोध गरेकी छन् ।
यसैबिच गोदावरी एकल महिला समुहले अत्तरियाका पत्रकारहरुका लागि स्वास्थ्य सामाग्रीहरु सहयोग गरेको छ ।
कोरोना महामारीका बेला फ्रन्टलाईनमा रहेर काम गरिरहेका अत्तरियाका पत्रकारहरुका लागि मास्क र सेनेटाईजर सहयोग गरेको हो ।
उक्त मास्क र सेनेटाईजर हिजो गोदावरी एकल महिलाकी कोषाध्यक्ष धना पाठकले गोदावरी पत्रकार मञ्चका अध्यक्ष हेमराज भट्टलाई हस्तान्तरण गरेकी हुन् ।