अत्तरिया - सुदूरपश्चिम प्रदेशको राजाधानी गोदावरी नगरपालिकाको मुख्य बजार हो अत्तरिया । प्रदेशका मुख्य केन्द्र बिन्दु पनि अत्तरिया नै पर्छ । भारतवाट आएका हुन् या पूर्वी जिल्ला र पहाडवाट आउनेहरु अत्तरियामा जम्मा भएर आ आफ्नो गन्तब्य तिर लाग्ने गर्दछन् ।
नयाँ भेरियन्ट सहित सहितको कोरोना संक्रमण तिब्र गतिमा बढिरहदाँ सबै भन्दा जोखिममा अत्तरिया बजार नै परेको छ ।
गोदावरी नगरपालिकाका वडा नं १ र २ मा बजार क्षेत्रमा पदर्छ र अहिले सम्म सबै भन्दा बढी संक्रमित पनि १ र २ मा नै देखा परेका छन् । यद्धपी कोरोनाले भयावह रुप लिदाँ समेत अत्तरिया बासीहरुले समान्य स्वास्थ्य सर्तकता अपनाउन अनाकानी गरिरहेको छन् ।
जिल्लाभर बढ्दै गएको कोरोना भाईरसको रोकथाम र नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा आदेश जारी गरेको भएपनि यहाँका नागरिकहरुले भने आदेशलाई काजजमै सिमित बनाउर्द आफ्नै स्वास्थ्य माथि गम्भिर लापरबाही गरिरहेका छन् ।
जिल्ला प्रशासनले पछिललो पटक थप गरेको निषेधनाज्ञालाई कडाई गर्दै हप्ताको सातै दिन खुलिरहेका खाद्य, तरकारी तथा फलफूलका पसल अब ३ दिन मात्रै खोल्न पाइने निर्णय गरेको छ । जनस्वास्थ्य र सुरक्षाका मापदण्डको पूर्ण रुपमा पालना गरेर बिहान ६ बजेदेखी ९ बजे सम्म मात्रै सञ्चालन गनए पाइने भनिएको छ ।
तर बिहानको समयमा अत्तरिया बजारमा रहेको तरकारी पसलमा कुनै मेला लागेको भन्दा कम देखिदैन । त त्यहाँ ब्यापारीले स्वास्थ्य मापदण्ड अपनाएको हुन्छ न ग्राहकहरुले ।
एक जना स्थानियले भने यो त अति हो । प्रशासनले एकतिर हाम्रै स्वास्थ्यका लागि भनेर कसैलाई पनि घर बाहिर ननिस्कन भनेको छ हाम्रो गाउँ ठाउँको अबस्था यस्तो छ ।
यसमा प्रहरी प्रशासनले पनि खासै ध्यान दिन नसकेको उनले बताए ।
अत्तरियाको सब्जीमण्डीमा भएको लापरबाहीले समुदायमा झन खतरा बढाएकाले यस तर्फ प्रहरी प्रशासन, ब्यापारी , ग्रहाकहरु सबैले सचेत बन्नुपर्ने उनले बताए ।