अत्तरिया - आज मातातीर्थ औंसी अर्थात आमाको मुख हेर्ने दिन । वैशाख कृष्णपक्ष दिन मनाईने मातातीर्थ औसीमा हरेक छोराछोरीहरुले बिहान सबेरै उठेर स्नान गरी आ आफ्नी जन्मदाता आमालाई मिठा मिठा खाने कुराहरु दिने , उपहार प्रदान गर्ने र आशिर्वाद लिने गर्दछन् ।
आज आमाबाट टाढा रहेका सन्तानहरु आमालाई भेट्न पुग्छन् भने विवाह गरेर पतिका घर गएका चेलीबेटीहरु मिठा परिकारहरु सहित आमाघर अर्थात माइत पुग्दछन् ।
तर यस बर्ष कोरोना कहरका कारण सबैले ढाटा भएकाहरुले सामाजिक संञ्जालमा आमाको तस्बीरलाई राखेर सम्झिरहेका छन् ।
आमा नभएकाहरूले पनि आमाको आत्माको मुक्तिको कामना गर्दै आज श्राद्धतर्पण गरी मातृत्वको स्मरण गर्दछन् । शास्त्रहरुमा आमालाई पिताभन्दा उच्च स्थानमा राखिएको पाइन्छ ।
यसरी श्रद्धा, भक्ति, सम्मान र आदर गरिएकी आमालाई मिठो खान तथा राम्रो लगाउन दिई छोरा छोरीहरुले आमाबाट शुभ आशिर्वाद ग्रहण गरेर आमाको मुख हेर्न दिन मनाइन्छ ।
मातातीर्थ औंसीजन्म दिने आमाप्रति आदर व्यक्त गर्न पौराणिक कालदेखि मनाइदै आएको पर्व हो । पौराणीक कालदेखिनै मनाउदै आएको यस आमाको मुख हेर्ने दिन आमाले गरेका महान र कष्टपूर्ण कामहरुको सम्झना गरिन्छ ।
आजको दिन आमाले गरेका महान् र कष्टपूर्णकामहरुको सम्झना गरिन्छ । आजका शास्त्रमा प्रत्येक नरनारीले जीवनमा देवऋण, मनुष्यऋण र पितृऋण तिर्नैपर्छ भनिएको छ ।
वैदिक सनातन धर्म ग्रन्थमा ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ अर्थात् जन्म दिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि ठूला हुन् भनी आमा र जन्मभूमिको महत्व दर्शाइएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए ।
सन्तानलाई नौ महीनासम्म गर्भमा धारण गरी जीवन दिने भएकाले आमाको महत्व अरुभन्दा बढी छ । बाबुभन्दा आमाको महत्व हजार गुणा बढी हुने भनी शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ ।