अत्तरिया - सुदूरपश्चिम प्रदेशका नयाँ भेरियन्ट सहिको कोरोना भाईरस गाउँ गाउँमा पसेपछि संक्रमितको संख्या दिनुनुदिन बढी रहेको छ । मौसम परिवर्तन गर्दा पनि होला अहिले प्रदेशभरी बिभिन्न गाउँ टोलमा ज्वरोे आउने र हात खुट्टा दुख्ने देखी रुघाखोकी लागेका बिरामीहरुको संख्या बढ्दो छ ।
तर यो मौसमी रोग हो की कोरोना भनेर स्थानियहरुलाई छुट्याउन भने निकै ग्राह्रो छ । यसका लागि पिसिआर परीक्षण गर्नुपर्ने हुन्छ । अहिले कोरोना परीक्षणका लागि धेरैले स्वाब दिइरहेका छन् । तर एक एक हप्ता पुग्दा समेत रिपोर्ट पाउन निकै समस्या रहेको छ ।
कैलालीको गोदावरी नगरपालिका वडा नं ११ घर भएका एक युवकले एक दुई दिन ज्वरो आउने , खुट्टा दुख्ने समस्या भएपछि यही बैशाख २० गते पिसिआर परीक्षणका लागि स्वाब दिएको थिए । स्वाब दिएको आज ७ दिन पुगेपनि उनको रिपोर्टको बारेमा कुनै अत्तोपत्तो छैन ।
उनले आफूलाई एक दुई दिन ज्वरो आउने , हात खुट्ट दुख्न समस्या पनि अहिले भने पूर्ण रुपमा स्वास्थ भैसकेको बताए । यद्धपी अझै पनि रिपोर्ट के पो आउने हो भन्ने चिन्ता लागिरहेको उनले बताए ।
यस्तै स्वास्थ्यमा समस्या देखिएपछि गोदावरी २ का अर्का एक पुरुषले पनि २१ गते स्वाब दिएपनि अहिले सम्म रिपोर्ट नआएको भन्दै आक्रोश पोखेका छन् ।
रिपोर्ट नआउदा एकतिर शारिरिक अबस्था झन झन कमजोर भैरहेको र अर्को तिर विभिन्न खाले मानसिक तनाब बढेको छ उनले बताए । गोदावरी नगरपालिकाको स्वास्थ्य शाखाले स्वाब संकलन गरी धनगढीको प्रयोगशालामा पठाउदै आएको छ ।
धनगढी प्रयोगशालामा क्षमता भन्दा बढी स्वाबहरु हुदाँ २० गतेदेखीका स्वाबहरु परीक्षण हुन नसकेको स्वास्थ्य शाखाले जनाएको छ । उता सेती प्रादेशिक अस्पतालका प्रयोगशाला इन्चार्ज रमेश शाहीले नमुनाको चाप धेरै र मेसिनको क्षमता तथा जनशक्ति कम हुँदा समस्या सिर्जना भएको बताए ।
शाहीले अहिले दैनिक बढीमा ६ सय जनाको परीक्षण भइरहेपनि अझै हजार बढी नमुना परीक्षण गर्न बाँकी नै रहेको बताए ।
सेती अस्पतालको प्रयोगशालामा जडान गरिएको प्रयोगशालाले चाप थेग्न नसकेका बेला धनगढीस्थित पशुपन्छी अन्वेषण प्रयोगशालामा रहेको मेसिन प्रयोगविहीन छ ।
दैनिक कम्तीमा पनि एक हजार जनाको नमुना परीक्षण गर्न सक्ने क्षमता भएको सो प्रयोगशालामा रहेको मेसिन सेतीमै जडान गरेर परीक्षणको दायरा बढाइने सामाजिक विकास मन्त्रालयले जनाएको छ