अत्तरिया - सुदुरपश्चिम प्रदेशको स्थायी राजधानी कैलालीको अत्तरियामा रहेको दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा तालाबन्दी खुलेको छ । सुदुरपश्चिमाञ्चल बिश्वबिधालयको आंगिक क्याम्पसका रुपमा रहेको दुर्गालक्ष्मी क्याम्पस प्रशासनले मनोमानी ढंगले बिधार्थीहरुवाट शुल्क असुल्न थालेको भन्दै बैध निकट अखिल क्रान्तिकारीले आइतवार क्याम्पस प्रशासन र लेखा शाखामा लगाएको ताला आज खोलिएको हो ।
क्याम्पसमा बिभिन्न ठाउवाट आएका गरिब घरपरिवारका छोराछारी पनि अध्ययन गरिरहेकाले सबैले महङ्गो शुल्क तिरेर पढ्न नसक्ने हुदा क्याम्पस प्रशासनले बिधार्थीहरुवाट अनआवश्यक रुपमा शुल्क असुल्न नपाउने भन्दै त्यसलाई तत्काल समायोजन गर्ने भन्दै क्याम्पसमा तालाबन्दी गरिएको थियो ।
अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य एबम् कैलाली जिल्ला अध्यक्ष पुष्पराज जोशीले आज यस बिषयमा बसेको बैठकमा अबको एक महिना पछि अर्थात नया शैक्षिक सत्रको शुरुवातमै समुहिक छलफलवाट शुल्क समायोजन गर्ने सहमति भएपछि ताला खोलिएको जानकारी दिए । क्याम्पस प्रशासनले गरेको शुल्क बृद्धि घटाउन धेरै पटक आग्रह गर्नुका साथै ७२ घण्टे अल्टिमेटम दिदा पनि आफुहरुको माग प्रति क्याम्पस प्रशासनले बेवास्ता गरेकापछि तालाबन्दी गर्न बाध्य भएको भन्दै उनले आउदो भदौ महिनामा बिधार्थीहरुलाई सहज हुने तारिकाले शुल्क निर्धारण गर्ने लिखित सहमति भएको बताए ।
सहमति पत्रमा क्याम्पसका तर्फवाट क्याम्पस प्रमुख डम्बर बहादुर पाल र अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य एबम् कैलाली जिल्ला अध्यक्ष पुष्पराज जोशीले हस्ताक्षर गरेका छन् ।
उनले अहिले धेरै बिधार्थीहरुले परीक्षा फाराम समेत भरिरहेको र नया शैक्षिक सत्र पनि सुरुवात भैरहेकाले सबै बिधार्थीहरुको पिर मर्कालाई बुझेर तालबन्दी खोलिएको बताए । दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डम्बर बहादुर पालले अहिले सम्म क्यम्पसले गत बर्ष भदौमा निर्धारण गरेको शुल्क मात्रै लिइरहेको बताए ।
उनले अहिले शैक्षिक सत्रको बिच आएर परिर्वतन गर्न नसकिने हुदा अब आगामी शैक्षिक सत्र भदौवाट सुदुरपश्चिमाञ्चल बिश्वबिधालयको सबै आंगिक क्याम्पसहरु संग छलफल गर्ने र यँहाका सम्पुर्ण बिधार्थी संगठनहरु , शिक्षक , कर्मचारीहरुसंग बृहत रुपमा छलफल गरेर नया शुल्क निर्धारण गर्ने सहमती भएको जानकारी दिए ।