अत्तरिया - यतिबेला कञ्चनपुरको कृष्णपुरका हेमराज ओझा सामाजिक कार्यमा निकै सक्रिय छन् । नेपाली काग्रेंसका महासमिति सदस्य ओझा कोरोना महामारीमा निकै खटिएका छन् ।
पहिलो चरणको कोरोना त्रासका बेला धनगढीको त्रिनगर नाकाबाट नेपालीको उद्धार देखी खाना, खाजा खुवाउने काममा ओझा निकै सक्रिय थिए ।
नाकामा पुगेर अलपत्र परेका नेपालीहरुलाई ओझाले उद्धार गरे । नाकामा नेपालीको उद्धार संगै ओझा दीर्घ रोगीहरुका लागी औषधी बोकेर घरदैलोमा पुगे । यति मात्रै होइन कोरोना भाइरश सम्बन्धि जनचेतना फैलाउँदै उनि गाउँ गाउँमा डुले ।
आफ्नो खटाइबाट पहिलो चरणको कोरोनाले भयाभह अवस्था आउनबाट रोक्न सफल भएको ओझाले बताएका थिए । उनि गत स्थानिय तहको निर्वाचनमा नेपाली काग्रेंसबाट कृष्णपुर नगरपालिकाको मेयरका उम्मेदवार थिए । तर झिनो मतले पराजित भएका ओझा अहिले निर्वाचित मेयर भन्दा दोब्बर बढी सामाजिक काममा खटिएका छन् ।
धनगढीको इम्रल्ड स्कुलका सञ्चालक समेत रहेका ओझा अहिले स्कुलकै सानो भ्यान लिएर अक्सिजन ग्यास बिरामीकहाँ पुगाउनमा ब्यस्त छन् । ग्यास सिलिण्डर गाडीमा राखेर उनि अहिले ग्यास अभावमा छटपटिरहेका बिरामीकहाँ पुग्छन् ।
मंगलबार नोभा अस्पतालका बिरामीहरुलाइ अक्सिजन ग्यास दिएका ओझाले आज निमेस अस्पताल कृष्णपुर गुलरियाका २ बिरामीहरुलाइपनि अक्सिजन ग्यास उपलब्ध गराएका छन् । आज मात्रै कैलाली अस्पतालमा अक्सिजन अभावले छटपटिरहेका बिरामीलाई उनले अक्सिजन दिए ।
यहाँबाट काठमाण्डौँ रेफर गरेका बिरामीलाइपनि उनले अक्सिजन सिलिण्डर दिए । ओझा अहिलेपनि आफ्नो गाउँ पुगेका छन् । गाउँको अस्पतालको अवस्था बारे बुझेर ओझा अक्सिजन ग्यास सिलिन्डर दिने बताउँछन् ।