अत्तरिया - कैलालीको गोदावरी नगरपलिकामा हाल सम्म कोरोना संक्रमण पुष्टि भएका मध्ये युवा अबस्थामा बढी रहेको पाइएको छ ।
गोदावरी नगरपालिकाको कोरोना विवरणको तथ्याङक हेर्दा नगरपालिका भित्र २१ बर्षदेखी २५ बर्ष उमेर समूहमा बढी संक्रमण देखिएको छ ।
गोदावरी नगरपालिका भित्र अहिले २१ बर्षदेखी २५ बर्ष उमेर समूहका सबै भन्दा बढी १ सय ९७ जनामा संक्रमण पुष्टि भएको छ । नगरपालिकामा सबै भन्दा कम ५१ बर्षदेखी ५५ बर्ष उमेर समूहका ३३ जना मात्रै रहेका छन् ।
हाल सम्म नगरपालिका भित्र ५ बर्ष मुनिका ४९ जना , ६ देखी १० बर्ष उमेरका ४० जना , ११ देखी १५ बर्ष उमेरका ४० जना , १६ देखी २० बर्ष उमेरका ९६ जना , २१ देखी २५ बर्षको १ सय ९७ जना , २६ देखी ३० बर्ष उमेर समुहका १ सय ९४ जना , ३१ देखी ३५ बर्ष उमेर समूहका १ सय ३९ जना , ३६ देखी ४० बर्ष उमेर समूहका १ सय ४१ जना , ४१ देखी ४५ बर्ष उमेर समूहका ५६ जना , ४६ देखी ५० बर्ष उमेर समूहका ५४ जना , ५१ देखी ५५ बर्ष उमेर समूहका ३३ जना , ५६ देखी ६० बर्ष उमेर समूहका ३७ जना र ६० बर्ष माथिका ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो समय नयाँ भेरियन्ट सहितको संक्रमण फैलिएपछि गोदावरीमा दिनप्रतिदिन संक्रमण बढ्दै जान थालेको छ ।
अहिले सम्म गोदावरी नगरपालिकामा ११ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ८ सय ५६ जना निको भएर डिस्चार्ज भएका छन् ।