यती बेला सुदुरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्ट चर्चामा छन् । कोरोना माहामारीको बेला उनको चर्चा चुलिएको छ । सोझा मुख्यमन्त्रीको पहिचान बनाएका मुख्यमन्त्री भट्ट यो बेला किन चर्चामा आए होलान । कोरोना माहामारीको बेला नागरिक स्वास्थ्यमा खासै ध्यान दिन नसकेको भन्दै उनको अलोचन पनि हुन थालेको छ । कोरोना माहामारी सुदुरपश्चिममा बढने पहिले नै थाहा थियो ।
किनकी यँहाका जिल्ला कैलाली कन्चनपुरमा खुल्ला सिमा क्षेत्र छन् । भारतमा दैनिक लाखौंं मानिसहरु संक्रमित भएको बेला त्यँहा रोजगारीको लागी गएकाहरु स्वदेश फर्किने र त्यसको ब्यबस्थापन चुनौतीपूर्ण रहने पनि पहिले नै थाहा थियो । तर त्यसको पनि बेवास्ता गरियो अब कोरोना संक्रमण सामुदाय स्तर गैसकेको छ । अझ पहाडमा गएकाहरु बल्ल गाउँ गाउँमा पुगेका छन् ।
त्यँहा संक्रमणको अझै तस्बिर आउन बाँकी नै छ । यो बिचमा प्रदेश सरकारले सुदुरपश्चिमको स्वास्थ्य सेवामा खासै सेवा बिस्तार गर्न सकेन । सुदुरपश्चिममा एक मात्र रेफरल अस्पतालको रुपमा रहेको सेती अस्पतालमा पनि पटक पटक राजनिती गरियो तर त्यस्को ब्यबस्थापकिय स्वास्थ्य क्षेत्रमा खासै ध्यान दिइएन। अन्य अस्पतालको अबस्था पनी त्यस्तै छ ।
पुराना कुरा
तकालिन माओबादीबाट त्रिलोचन भट्ट मुख्यमन्त्री बनेका हुन । उनलाई त्यो बेलाको माओबादीका सुदुरपश्चिम कमान्डर लेखराज भट्टले नै मुख्यमन्त्री बनाएका हुन । यदपी त्यो बेला लेखराजलाई अरु नै मुख्यमन्त्री बनाउनु पर्ने दबाब थियो । तर उनले भट्टलाई नै मुख्यमन्त्री कै रुपमा अगाडी सारे । त्यसपछि पनि चौकीदारलाई मुख्यमन्त्री बनाइयो भनेर कतीले बिरोध गरे कतिले समर्थन गरे । किनभने मुख्यमन्त्री भट्ट आफ्नो राजनितिक जिबनमा प्राबासी संघ भारतमा बसेर काम गरेका थिए । उनले आँफैले त्यँहा चौकीदारको काम गरेका थिए । र उनलाई त्यो संग्या दिइएको थियो । मुख्यमन्त्री बनेपछि पनि उनका लागी अबसर नै अबसर थिए । तर उनी पार्टी भन्दा माथि उठेर बिशुद्द सेरिमोनियल मुख्यमन्त्री बन्न खोजे । तत्कालिन माओबादीका नेता लेखराज भट्ट सँग केही बर्ष उनको आउजाउ राम्रै भयो सर सल्लाह पनि लिने गर्थे । तर पछि उनले लेखराज भट्टले बनाएको योजना कार्यान्वयनमा खासै चासो देखाएन् ।
उनको बुझाईमा उनी कसैको कारिन्दा होइनन आफु स्वयम आफ्नै बलले यँहा सम्म पुगेको हुँं भन्ने नै पर्न थाल्यो । जुन कुरा लेखराज भट्ट स्वयमलाई पनि चित्त बुझेको थिएन । स्वभाबिक रुपमा लेखराजको सहयोग बिना मुख्यमन्त्री भट्टको कार्यकाल सफल हुने थिएन ।
त्यसपछि पनि उनले आफ्नो सकृयता बढाएको भए लेखराज भट्टकै लाइनमा उनी दोस्रो तहका नेताको रुपमा स्थापित हुन सक्थे तर मुख्यमन्त्री बनेपछि उनले राजनितिक सकृयता पार्टी भित्र कमै देखाए । यदपी उनले नेकपा एमाले र माओबादी मिलेपछि बनेको नेकपा को सुदुरपश्चिम सह इन्चार्ज आफुलाई दिनु पर्ने थियो भनेर आफु निकट का लाई भन्ने गरेका थिए ।
अहिले लेखराज भट्ट र मुख्यमन्त्री त्रिलोचन भट्टको राजनितिक लाइन नै फरक छ । यो बेलामा त झनै उनले केन्द्र सरकारमा रहेका मन्त्री लेखराज भट्ट सँग झनै ठुलो फाईदा लिन सक्ने सम्भाबना नै थियो । तर यो बिचमा उनीहरु दुई जना बिच को दुरी निकै टाढा पुग्यो ।
अब अहिलेको कुरा
पुरा नेपाल कोरोना माहामारी सँग जुधीरहेको छ । अझ भनौ बिकासमा पछि परेको स्वास्थ्य क्षेत्र अत्यन्तै कमजोर रहेको सुदुरपश्चिमले कोरोना सँग पुरा बल लगाएर जुध्नु पर्ने छ । त्यसको लागी गर्नुपर्ने आबश्यक तयारीमा पनि हामी चुकी सकेका छौं । दैनिक सुदुरपश्चिममा कोरोनाको कारण १५ जना जतीले ज्यान गुमाइरहेका छन् ।
संक्रमण दर पनि दैनिक बढदै छ । सिमाबाट भित्रिएका नागरिकहरुको आबश्यक स्वास्थय चेकजांच गरेर सम्बन्धित पालिकामा पुर्याउने पर्ने काम त झनै यो पटक हुँदै भएन । सबै सिमा बाट आएका नागरिकहरु पहाडी जिल्लामा पुगीसकेका छन् । सिमामा आफ्ना नागरिकहरुलाई सुरक्षित ल्याउनु पर्ने प्रदेश सरकारको दायित्व थियो । त्यसमा मुख्यमन्त्रीले नेत्रित्व लिनु पर्ने थियो । काम गरेको त देखिन्छ नि हो मुख्यमन्त्री जि ।
अझै तपाईंले भन्ने गरेको केन्द्र सरकारले काम गर्न दिएन ? त्यो कुरा जनतालाई भन्नुस अब कँहा कहाँ तपाईंलाई केन्द्र सरकारले काम गर्न दिएन अब भन्ने बेला आएन र भन्या ।कोरोना माहामारीको बेला केन्द्र सरकारले फोकल पर्सनको रुपमा सुदुरपश्चिममा उधोगमन्त्री लेखराज भट्टलाई खटाएको छ । उनकै अगुवाईमा गेटा मेडिकल कलेजमा झण्डै एक हजार माथि अटाउने गरी आइसोलेसन निर्माण कार्य शुरु भएको छ । यसले यँहाका नागरिकहरुको लागी तत्कालको लागी ठुलै राहत हुने देखिन्छ ।
यदपी यसको कार्यान्वयन ब्यबस्थापकिय पक्ष कस्तो हुन्छ त्यो हेर्न बाँकी नै छ । अहिले मुख्यम्नत्री भट्ट र उनका मन्त्रीहरुको गुनासो छ गेटा मेडिकल कलेजमा प्रदेश सरकारले नै आइसोलेसन बनाउन खोजेको हो केन्द्र सरकारले जिल्ला प्रसाशनको जिम्मा लगाइदियो । तर के बिग्र्यो र तपाईंहरुको आर्थिक भार हट्यो तपाईंहरु पनि सहजिकरण गर्नुस । आँखिर जनतालाई सेवा दिने त हो नि ।
मुख्यमन्त्री भट्टलाई झनै अहिले संघिय मन्त्री लेखराज भट्ट सँग सहकार्य गर्न सजिलो छ । पार्टी दुबैको अलग छ त्यसमा लजाउनु पर्ने के छ र मुख्यमन्त्री ज्यु । काँग्रेसबाट निर्बाचित धनगढी उपमहानगरपालिकाका मेयर निर्पओडले त सहकार्य गरिरहेका छन् भने तपाईंलाई मुख्यमन्त्री बनाउने ब्यक्ती सँग इगो लिएर बस्नु कति पनि सुहाएको छैन । हामी नागरिकहरुलाई राम्रै सँग थाहा छ प्रदेश सरकार एक्लै हिंडेर मात्रै पनि अहिलेको माहामारी रोक्न सकिने अब्स्था होइन ।
यो बेला राजनितिक आग्रह पूर्बाग्रह त्यागेर सबै सरकार सँगै हिंड्नुको बिकल्प नै छैन । मुख्यमन्त्री ज्यु यो बेला राजनितिक कुरा गरेर नागरिक प्रतीको दायित्वबाट भाग्न खोज्नु भयो भने तपाईंको राजनीतिक जिबनको लागी दु:खद नै हुने छ । अब सबै काम केन्द्र सरकार ले मात्रै गर्छ हामीलाई काम गर्न दिएन भन्ने बाहना अब काम लाग्ने वाला छैन । सुदुरपश्चिमका सबै जिल्ला अस्पताल तपाईं कै मातहतमा छन् ।
त्यँहा को ब्यबस्थापकिय पाटो अब ढिला भए पनि सुधार गर्नस । कम्तीमा त्यँहाका नागरिकहरुले प्रदेश सरकारको भएको अनुभुती गर्न पाउलान नि । अन्यथा तपाईंलाई थाहा छ नि प्रधानमन्त्री केपी शर्मा ओलीको राजनितिक निर्णय गर्ने शैली । सुदुरपश्चिमबासीका धेरै गुनासा यसरी बढदै गए तपाईं को सरकार बर्खास्त गरेर केन्द्रिय शाशन लागु गर्न ओलीले बेर लाउंदैनन् । उसै त यस्तो संघियता प्रती नागरिकहरु खासै सन्तुष्ट बन्न सकेका छैनन ।
अझै तपाईंहरुको नेत्रित्वमा रहेको प्रदेश सरकारले नागरिक चाहना बमोजिम माहामारीको बेला हिंडन नसके जे पनि हुन सक्छ । तपाईंको अध्यक्ष प्रचन्डको भाषामा कोरोना माहामारीका बिच अन्य प्रदेशमा जस्तो राजनिती सम्भाबनाको खेल हो । जे पनि हुन सक्छ ।