अत्तरिया - सुदुरपश्चिम प्रदेशको स्थायी राजधानी कैलालीको अत्तरियामा रहेको दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा तालाबन्दी गरिएको छ । सुदुरपश्चिमाञ्चल बिश्वबिधालयको आंगिक क्याम्पसका रुपमा रहेको दुर्गालक्ष्मी क्याम्पस प्रशासनले मनोमानी ढंगले बिधार्थीहरुवाट शुल्क असुल्न थालेको भन्दै बैध निकट अखिल क्रान्तिकारीले आज बिहान क्याम्पस प्रशासन र लेखा शाखामा तालाबन्दी गरेको हो ।
सो क्याम्पसमा बिभिन्न ठाउवाट आएका गरिब घरपरिवारका छोराछारी पनि अध्ययन गरिरहेकाले सबैले महङ्गो शुल्क तिरेर पढ्न नसक्ने हुदा क्याम्पस प्रशासनले बिधार्थीहरुवाट अनआवश्यक रुपमा शुल्क असुल्न नपाउने र यसलाई तत्काल बन्द गर्नुपर्ने अखिल क्रान्तिकारीको माग रहेको छ ।
अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य एबम् कैलाली जिल्ला अध्यक्ष पुष्पराज जोशीले क्याम्पस प्रशासनले गरेको शुल्कबृद्धि घटाउन पहिलो पटक आग्रह गरिएको र दोस्रो पटक ७२ घण्टे अल्टिमेटम दिदा पनि आफुहरुको माग प्रति क्याम्पस प्रशासनले बेवास्ता गरेकाले आज बाध्य भएर तालाबन्दी गर्नुपरेको जानकारी दिए ।
उनले क्याम्पस प्रशासनलाई बिधार्थीहरुवाट मनोमानी ढंगले शुल्क असुल्ने काम तत्काल बन्द गरी सबैलाई सहज हुने किसिमले शुल्क तोक्न आग्रह गरे । उनले आफ्ना मागहरु पुरा नहुदा सम्म तालाबन्दी जारी रहने र यसवाट बिधार्थीहरुको पठनपाठनमा भने कुनै बाधा अबरोध नहुने बताए । यसअघि गत विहिवार मात्रै अखिल क्रान्तिकारीले बिधार्थीहरुवाट लिदै आएको शुल्क समायोजन गर्नुपर्ने माग राखेर क्याम्पस प्रशासनलाई ७२ घण्टे अल्टिमेटम दिएको थियो ।
यता दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डम्बर बहादुर पालले शुल्क बृद्धि गरेको नभई गत बर्ष भदौमा निर्धाणर गरिएको शुल्क नै आफुहरुले लिइरहेको बताए । उनले गत बर्ष भदौ महिनामा सबैको सुझाव , सल्लाह र छलफलवाट निर्धारण गरेको शुल्क नै बिधार्थीहरुले बुझाइरहेको बताए ।
‘अहिले बिचमा आएर त शुल्क समायोजन हुन सक्दैन र मैले एक्लैले पनि यो शुल्कलाई बढाउने र घटाउने गर्न सक्दैन’ उनले भने – ‘अब यो भदौमा सुदुरपश्चिमाञ्चल बिश्वबिधालयको सबै आंगिक क्याम्पसहरु संग छलफल गरेर र यँहाका सम्पुर्ण बिधार्थी संगठनहरु , शिक्षक , कर्मचारीहरुसंग बृहत रुपमा छलफल गरेको बिधार्थीहरुवाट लिइरहेको शुल्क समायोजन गर्नेछौ ।’