अत्तरिया -कैलालीको गोदावरी नगरपालिका ६ मा रहेको हरया शिबिर खाली गराउने कार्य ८० प्रतिशत सकिएको छ । शिबिरको जग्गा खरिद गरेको सौभाग्य रियल स्टेक हाउजिङ कम्पनी पोखराले सो जग्गामा उधोग खोल्न त्यँहा खाली गराउन लागेको जनाएको छ।
खरिद गरेको झण्डै २३ बिगाह जग्गामा बिगत देखी बस्दै आएका शुकुम्बासीलाई अन्यत्र सार्ने सम्झौता भईसकेकोले अब सो ठाउँ खाली गराउन लागेको बुझिएको छ। सशस्त्र द्वन्धको समयमा तत्कालिन माओबादीले जमिन्दारको जग्गा कब्जा गर्ने निती अनुरुप सो जग्गामा शुकुम्बासीलाई ल्यायएर राखेको थियो । तर शान्ती प्रकृयापछि देशका अन्य ठाउँमा कब्जा गरिएका जग्गाहरु सम्बन्धित जग्गा धनीलाई नै फिर्ता गरिएको थियो । तर हरैया शिबिरमा भने शुकुम्बासीहरु बस्दै आएका थिए ।
पछि दाङका उद्योगी रणबहादुर शाहबाट पोखराको सौभाग्य रियल स्टेट एन्ड हाउजिङ प्रालिले २०७४ माघ २५ गते कैलालीको हरैयास्थित जमिन किनेको थियो। जग्गा किनबेचमा पनि तत्कालिन माओबादीका केही नेताहरुको संगलग्नता रहेको खबरहरु पनि संचारमाध्यममा आएका थिए । कम्पनी ले सो ठाउँ मा बसेका ६४ परिवारलाई धनगढी उपमहानगरपालिका–१७ स्थित धुर्जनामा लालपुर्जा सहितको जग्गा उपलब्ध गराई सकेको छ ।
तर केहीले भने सो ठाउँमा पनि सम्झौता अनुसारको संरचना कम्पनीले नबनाएको आरोप लगाएका छन् । यस्तै कम्पनीले थप परिवारलाई पनि प्रति परिवार २ लाख ८ हजारको दरले दिने सहमती भईसकेको कम्पनीका प्रतिनिधी शंकर कार्कीले बताए। तर पछिल्ला दिनहरुमा पनि नयाँ नयाँ ब्यक्ती र परिवारहरु आएर बस्ने गरेको कारण बिबाद हुन थालेको हो । जग्गा खाली गराउन आफुहरुले कुनै पार्टीलाई नभनेको बरु आफ्नै मजदुरहरु लगाएको उनको दाबी छ ।
उनले जग्गा खाली गराउन गुण्डाहरुको प्रयोग गरियो भनेर संचारमाध्यममा आएको खबर सत्य नभएको बताए । 'अब हामीले दैनिक ज्याला मजदुरीमा मजदुरहरु लगाएका छौं,' उनले भने -'अब ति मजदुरहरु नै हुन सबै स्थानिय नै छन् तर अब उनिहरु गुण्डाहरु भए नभएको मलाई थाहा भएन।' शिबिर भित्र कै केही ब्यक्तीहरुले पैसा अशुल गर्दै नयाँ मान्छे राख्ने गरेको कम्पनीको आरोप छ ।
कम्पनीले शिबिर सहज रुपमा छोड्ने नयाँ बसेकाहरुलाई बाटो खर्च समेत दिंदै बिदा गरिएको बताए। कार्कीले शिबिर छोड्ने सहज बाताबरण बने ३२ जनाको नाममा हालेको मुद्दा पनि फिर्ता लिने बताए ।
संसदमा हरैया शिबिर
हरैया शिबिरको कुरा सुदुरपश्चिमको संसदमा पनि प्रबेश पाएको छ । शिबिरमा बस्दै आएकालाई जबर्जस्ती बर्षातको समयमा हटाउन खोजेको भन्दै प्रमुख प्रतिपक्षी दल कांग्रेसले बिहिबारको सदनमा सात दिनपछि मुख खोलेको छ। काग्रेसका प्रदेशसभा सदस्य भरत बहादुर खड्काले हरैयामा भईरहेको ज्यादतीका विषयमा प्रदेश सभाको बैठकमा सरकारको ध्यानाकर्षण गराए। उनले विहिबार देखि गुन्डागर्दी शैलीमा सुरु भएको टहरा भत्काउने अभियान अहिले पनि जारी राखिएको छ,यसमा सरकारको ध्यान जाओस ।
उधोग खोल्छौ -कार्की
शिबिरको जग्गा खरिद गरेको सौभाग्य रियल स्टेक हाउजिङ कम्पनीका शंकर कार्कीले सो जग्गामा आफुहरुले ठुलो लगानी गर्न चाहेको बताए । उनले सुदुरपश्चिम प्रदेशमा लगानी गरेर यस क्षेत्रमा नै रोजगारी श्रीजना गर्ने आफुहरुको योजनामा सबैले सहयोग गर्नु पर्ने बताए । उनले भने -'हामीले जग्गा खरिद गरेपछि कानुनी रुपमा जग्गा त हाम्रो हो तर त्यँहा बसेका लाई पनि हामी सौहार्द बाताबरणमा सहयोग गरेर नै हामीले पठाउन खोजेका हौं।'
फेरी शुकुम्बासी राख्छौँ - बिप्लप माओबादी
हरैया शिबिर पार्टी कै नियन्त्रणमा रहेकाले फेरी पनि सुकुम्बाशी राखिने बिप्लप माओबादीले बताएको छ । पार्टीका एक नेताले गोदावरी न्युज सँग कुरा गर्दै भने - अहिले असहज परिस्थितीमा शिबिरमा जे जस्ता कृयाकलाप गरेर शुकुम्बासीलाई हटाइएको छ त्यसको परिणामा ठीक नहुने उनको चेतावनी छ । उनले शिबिर खाली गराउने कार्यमा प्रहरी प्रशासन देखी सबैको मिलोमतो रहेको समेत दाबी गरे ।