कन्चनपुर -दोधाराचाँदनी नगरपालिका ७ बाबाथान लक्ष्मी माविका प्रध्यानाध्यापक शिक्षक लोकराज भट्ट र भीमदत्त नगरपालिका ४ महेन्द्रनगर स्थित भृकुटी माविका शिशिका मञ्जु केसीको कोरोना सक्रमणको कारण मृत्यु भएको छ ।
लक्ष्मी माविका प्रअ दुई दिन अघि मात्रै अस्पतालमा बिरामी भएपछि उपचारका लागि आएका थिए । समान्य रुघाखोकी लागेर श्वाँस प्रश्वासमा समस्या भएपछि उनी उपचारका लागि बिहीबार महाकाली अस्पताल गएको मृतक शिक्षकका सहकर्मी डम्बरराज जोशीले बताए ।
‘हामी टिपिटी तालिमा संगै थियौँ, उहाँलाई एक्कासी समस्या भयो, ‘शिक्षक जोशीले भने, ‘बिरामी भएर अस्पताल पुगे, अस्पतालमा कोरोना परीक्षण गर्दा पोजेटिभ देखियो, अस्पतालमा आईसियू बेड भरिभराउ थिए, थप उपचारका लागि डडेल्धुरा उप क्षेत्रीय अस्पताल लैजान खोजे, शुक्रबार बिहानदेखि दिउँसोसम्म २१ एम्बुलेन्सलाई फोन गरेर कसैले जान मानेन् ।’ अन्तिमतिर दिउँसो पाईएको एम्बुलेन्समा अक्सिजन थिएन त्यस्तै लगेर गए, विचबाटैमा अक्सिजन नपाएर उनको मृत्यु भयो, हामी शिक्षकमाथि राज्यको यत्रो अन्याय ग¥यो ।’
यस्तै तीन दिन अघि बिरामी भएकी भुकुटी माविकी शिक्षिकका पनि अक्जिसन र उचित उपचार अभावमा मृत्यु भएको छ । भृकुटी माविका सहायक प्रअ बिरेन्द्र प्रशाद भट्टले शिक्षकलाई एक खोप पनि नदिएको र बिरामी हुँदा समेत मृत्युकै मुखमा पुग्नुपर्ने बाध्यता रहेको बताए । ‘हामीले सहकर्मी गुएका छौँ, ‘उनले भने, ‘मुलुकमा यत्रो महामारी हुँदा समेत सरकारले नागरिकको स्वास्थ्यमा चासो दिएको छैन ।’
महाकाली अस्पतालका चिकित्सक एव स्वास्थ्यकर्मीमा कोरोना देखिएसंगै उपचारमा समस्या भईरहेको छ ।महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशी(बोक्सर)ले जनशक्ति र उपकरण अभाव हुँदा संक्रमित बिरामीलाई उपचार गर्न समस्या भईरहेको बताए ।