धनगढी - धनगढीमा एक कार्यक्रमका बिच शनिवार एसटिएस सिनेमा हलको उद्घाटन गरिएको छ । धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले सिनेमाहलको उद्घाटन गरेका हुन ।
कुनैपनि ब्यक्तिका लागि काम अराम संगै मनोरञ्जन पनि आवश्यक हुन्छ नगरप्रमुख वडले भने,एसटिएस सिनेमा हल त्यसका लागि पुरक हुने छ । एसटिएसले धनगढीमा अत्याधुनीक सिनेमाहल संचालनमा ल्याएर यहाँको विकासमा ईटा थपेको छ नगरप्रमुख वडले भने, धनगढीमा सबै किसिमका उद्योगहरु संचालन हुनुपर्छ भन्ने मान्यता हाम्रो हो ।
धनगढी उप–महानगरपालिकामा आउने आन्तरिक तथा बाह्य पर्यटक भित्राउने काममा यस सिनेमा हलले सहयोग पुग्ने छ नगरप्रमुख वडले भने,धनगढीमा नयाँ किसिमको ब्यावसाय गर्न चाहनेका लागि धनगढी सम्भाब्य ठाउँपनि हो । धनगढीमा कसैले राम्रो गरेमा खुट्टा तान्ने प्रबृती भएको बताउदै यस्ता ब्यक्तिलाई निरुत्साहित गरिनुपर्छ । एसटिएसले यस अघि एसटिएस केवल, एसटिएस टेलिभिजन संचालन गर्दै आएको थियो । शनिवार देखि वडा नं २ सन्तोषी टोलमा सिनेमा हल समेत संचालनमा ल्याएको हो ।
सिनेमा हलका संचालक राजकुमार श्रेष्ठले यो हल सुदूरपश्चिम प्रदेशकै अत्याधुनीक भएको दावी गरेका छन् । वातानुकूलित हलमा थ्री डी प्रविधिबाट सिनेमा देखाइने भएको छ । हलमा डिजिटल प्रविधिका प्रोजेक्टर, स्टिल मनिटर, चिया तथा कोक स्ट्यान्ड सहितका कुर्सी, भिआइपी तथा डिलक्स कुर्सी राखिएका छन् । टिकट शुल्क पाँच सय र तीन सय राखिएको छ ।
चार सय २ जनाले एकै पटक चलचित्र हेर्ने व्यवस्था हलमा गरिएको हो । एसि, आरमदायी सिट, धुम्रपान निषेध र आधुनीक प्रविधीयुक्त अन्य उपकरण सहितको सिनेमा हल सञ्चालन भएपछि अव फिल्म हेर्न दर्शकहरु बढ्ने अनुमान पनि गरिएको छ ।