अत्तरिया - विश्वभर महामारीका रुपमा फैलिएको कोरोना संक्रमणवाट सुदुरपश्चिमेली नेपाली समाज दिल्ली राज्य समिति पुर्व कोषाध्यक्ष मनोज भट्टको निधन भएको छ ।
बैतडीको दोगडाकेदार गाउपालिका वडा नं ७ घर भई हाल रोजगारीको शिलशिलामा भारतको दिल्लीमा रहेको एक होनाहार युवा समाजसेवी भट्टको गएराति निधन भएको हो ।
उनलाई ८÷१० दिन पहिले कोरोना पुष्टि भएको थियो । कोरोना संक्रमण पछि स्वास्थ्यमा समस्या आउदाँ उनलाई अक्सिजनको आवश्यकता परेपनि भारतामा अस्पताल र अक्सिजन केही नपाउदाँ उनले अकालमै ज्यान गुमाउनुपरेको सुदूरपश्चिमेली नेपाली समाज भारतका अध्यक्ष दिपक प्रकाश मल्लले जानकारी दिए ।
भट्टको निधन पछि यतिबेला भारतमा रहेको नेपालीहरुसंगै सिंगो सुदूरपश्चिमेली नेपाली समाज शोकमा डुबेको उनले बताए ।
'सुदूरपश्चिमेली नेपाली समाज भारतले एउटा होनहार युवा समाजसेवी गुमाउनु परेको छ उनी एकदमै दयालु स्वभावका थिए' अध्यक्ष मल्लले भने - 'यो महामारीवाट उहालाई हामीले बचाउन सकेनौ ।'
सुदूरपश्चिमेली नेपाली समाज भारतले एक शोक वक्तब्य जारी गर्दै एक होनाहार युवा समाजसेवी गुमाएकोमा दुख ब्यक्त गरेको छ ।
संक्रिय सदस्य एबम् एक होनाहार समाजसेवी मनोज भट्टको असमायिक निधनले सिंगो सुदूरपश्मिेली नेपाली समाज मर्माहित भएको छ ।
यति बेला हामी र हाम्रो समाज शोकमा डुबेको छ । उहाको आत्मको चिरशान्तिका लागि भगवानसंग प्रर्थना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक संतप्त परिवारजनमा सुदूरपश्चिमेली नेपाली समाज हार्दिक समवेदन प्रकट गर्दछ ।
हामीलाई उहाँको अभाव सधैभरि खट्कि रहनेछ सुदूरपश्चिमेली नेपाली समाज भारतका अध्यक्ष दिपक प्रकाश मल्ल र महासचिब मोहन बिर साउँदद्धारा हस्ताक्षित शोक बक्तब्यमा भनिएको छ ।