कैलाली - बिहीबार बेलुका धनगढीको शहिद गेटमा भएको बम विस्फोटमा परी मृत्यु भएका राम सिंहको दाहसंस्कारका क्रममा सहभागी दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले शुक्रबार धनगढी स्थित मोहना नदिमा सिंहको दाससंस्कार गर्ने बेला सहभागी भएका दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बझाङका सिता सिंह र प्रकास जप्रेल रहेका छन् । सिता सिंह मृतक राम सिंहकी आफन्त पनि हुन्। उनी बिप्लव माओवादी निकट महिला संगठनमा आबद्ध छन भने अर्का पक्राउ परेका प्रकाश जप्रेल विप्लव माओवादी निकट बिद्यार्थी नेता हुन । नियमित चेकजाँचका क्रममा दुवै जना भागेपछि उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्ष बस्नेतले बताए । घटनाका बारेमा थप अनुसन्धान भइरहेको उनले बताए ।
धनगढीको शहिद गेट नजिकैको निलम होटलमा भएको विस्फोटमा परी घाइते भएका ५ जनामध्य एक जना राम सिंहको मृत्यु भइसकेको छ भने तीनजनाको धनगढीस्थित माया मेट्रो अस्पताल र एक जनाको नेपालगञ्जमा उपचार भइरहेको छ । मृतक सिंह र घाईते लक्ष्मण सेराला बिप्लव माओवादीका कार्यकर्ता हुन ।
विस्फोटमा परी घाइते भएकाहरुले आफूहरुलाई राज्यले बेवास्ता गरेको गुनासो गरेका छन् । आफूहरु यस्तो अवस्थामा हुँदा पनि राज्यले अहिले सम्म कुनै चासो नदिएको उनीहरुको गुनासो छ । घटना स्थल मुख्यमन्त्री निवासबाट नजिकै रहेको छ । माया मेट्रो अस्पतालमा उपचार गराइरहेका कैलाली माछा मासु तथा पोल्ट्री ब्यबसायी संघका अध्यक्ष जितेन्द्र यादबले घटना भएको २ दिन पुग्नै लाग्दा पनि राज्यको तर्फवाट कोही पनि नआएको र केही सोधेको दुखेपो पाखे ।
उनले धनगढीमै प्रदेश सरकार , स्थानीय सरकार हुदा पनि कोहीले केहि वास्ता नगरेको पछि उपचारमा पनि समस्या भैरहेको बताए । घटनामा घाईते भएका लक्ष्मण सेरालाको भने सुरक्षाकर्मीको निगरानीमा माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ ।
उनको निगरानीका लागि शसस्त्र र नेपाल प्रहरीको टोली खटिएको छ । मृतक सिंहको शुक्रबार धनगढी स्थित मोहना नदिमा दाससंस्कार गरिएको छ। सिंहका भतिजाले दागबत्ती दिएका छन ्। मृतक सिंह आफ्नो पार्टीको कार्यकर्ता रहेको बिप्लव माओवादीले स्विकारेको छ ।