दार्चुला- जिल्लालाई ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ जिल्ला घोषणा गरिएको छ । स्थानीय स्थायित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता–हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ दार्चुलालाई आज शुक्रबार ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ जिल्ला घोषणा गर्न लागिएको जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।
जिल्ला खोप समन्वय समितिद्वारा सोमबार आयोजित एक समन्वय बैठकमा स्वास्थ्य कार्यालय दार्चुलाका जनस्वास्थ्य अधिकृत जयराज भट्टले जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्ने १० गते तोकिएपछि आज जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ जिल्ला घोषणा लागेको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।
केहि दिन अघि मात्रै जिल्लाकै ९ वटै स्थानीय तहमा खोप सुनिश्चितता भए नभएको, अनुगमन, निरीक्षण र भेरिफाईको काम गरिएको छ । जिल्लाका नौवटै स्थानीय तहले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिसकेपछि जिल्लालाई नै पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्न लागिएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।
१६ देखि २३ महिनाभित्रका सम्पूर्ण बालबालिकाले नियमित खोप लगाएको आकारमा सुनिश्चितता भएको मानिन्छ । दार्चुलामा १६ देखि २३ महिनाका कुल १ हजार ७ सय ३ जना बालबालिका रहेको स्वास्थ्य कार्यालयको तथ्यांक छ । जसअनुसार व्यासमा १४४ जना, दुहुँमा १६१ जना, महाकाली नगरपालिकामा २५१ जना, नौगाड गाउँपालिकामा २१५ जना, मार्मा गाउँपालिकामा १८७ जना, अपिहिमाल गाउँपालिकामा ८३ जना, शैल्यशिखर नगरपालिकामा २७९ जना, लेकम गाउँपालिकामा २०४ जना र मालिकार्जुन गाउँपालिकामा १७९ जना बालबालिका रहेको कार्यालयले जनाएको छ ।