अत्तरिया - कैलालीको गोदावरी नगरपालिकाका १३ सामुदायिक विद्यालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि छनोट भएका छन् ।
सामुदायिक विद्यालयको स्तरोन्नति गर्न संघिय सरकारले पहिलो पटक कार्यान्वयनमा ल्याउन लागेको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा गोदावरी नगरपालिका भित्र रहेका १३ सामुदायिक विद्यालय छनोट भएका हु्न् ।
छनौट हुनेमा गोदावरी नगपालिका २ अत्तरियामा रहेको दुर्गालक्ष्मी नमुना माध्यामिक बिधालय , सुप समाबेशी आधारभूत बिधालय, गोदावरी १ बसन्तपुरमा रहेको गुहेश्वरी माध्यामिक बिधालय , गोदावरी ४ को राष्ट्रिय माध्यामिक बिधालय , गोदावरी ९ को सरस्वती मा.वि , गोदावरी ९ मै रहेको राष्ट्रिय मा.वि, गोदावरी ९ कै अर्को राष्ट्रिय मा.वि , गोदावरी ५ मा रहेको सिद्धबाबा मा.वि, गोदावरी ८ मा रहेको शारदा मा.वि, गोदावरी ६ मा रहेको शैलेश्वरी मा.वि , गोदावरी ८ मा रहेको समैजी मा.वि र गोदावरी १२ मा रहेको ग्वासी समैजी आधारभूत बिधालय रहेका छन् ।
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि गोदावरी नगपालिका भित्रका १७ ओटा सामुदायिक बिधालयहरुले प्रस्ताब राखेको गोदावरी नगरपालिका शिक्षा शाखा प्रमुख बसन्त कुमार खत्रीले जानकारी दिए ।
प्रस्ताव राखेका १७ ओटा बिधालयहरुको नाम शिक्षा विकास तथा समन्वय एकाइ कैलालीमा पठाएकोमा १३ ओटा बिधालयहरु छनौट भएर आएको उनले बताए । विद्यालयहरु राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि छनोटमा परेपछि यहँका शिक्षक तथा अभिभावक खुशी भएका छन् ।
नमुना बिधालयका रुपमा रहेको आफ्नो बिधालय पनि राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम परेपछि दुर्गालक्ष्मी नमुना माध्यामिक बिधालयका प्रध्यानाध्यापक शिवराज जोशीले खुसी ब्यक्त गरे । सबैको साथ सहयोगले दुर्गालक्ष्मी नमुना माध्यामिकका शैक्षिक गुणस्तर थप उचाईमा पुगिरहेको उनले बताए ।
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि संघिय सरकारले ५ अर्ब ६ करोड रुपैयाँ बजेट छुट्ट्याइएको छ । कार्यक्रम अन्तर्गत कक्षा कोठा निर्माण , खानेपानी सहितको शौचलय , कम्प्युटर व्यवस्था, विज्ञान प्रयोगशलाला, सोलार प्यानल, इन्टरनेट व्यवस्था, अन्तरक्रियात्मक बोर्ड, स्मार्टबोर्ड, प्रोजेक्टर, बालविकास केन्द्र निर्माण, ट्रस्ट बिल्डिङ, भवन रेट्रोफिटिङ, सिकाइ सामग्री÷शैक्षिक सामग्री, अनलाइन अफलाइन सामग्रीको विकास लगायत रहेका छन् ।
देशभरवाट ४ हजार २ सय ५० विद्यालयलाई छनोट गरिएको छ ।