अत्तरिया - सुदूरपश्चिम प्रदेशको राजधानी कैलालीको अत्तरियामा रहेको गोदावरी चेम्बर अफ कर्मशको आयोजनामा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । गोदावरी चेम्बर अफ कर्मशका अध्यक्ष बिनोद मल्लको अध्यक्षतामा नयाँ बर्ष २०७८ सालको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा सहभागी चेम्बरका पदाधिकारीले केक काटेर नयाँ बर्षलाई स्वागत गर्दै एक आपसमा शुभकामना साटासाट गरेका थिए । कार्यक्रममा बोल्दै गोदावरी चेम्बरका अध्यक्ष मल्लले नयाँ बर्षले गोदावरी नगरभित्रका सम्पूर्ण उधोगी , ब्यापारी , ब्यबसायीहरुको ब्यापारमा अझै सफलता मिल्दै जावस भन्दै शुभकामना दिए ।
उनले कोरोना कहरले गर्दा बिगत एक बर्षदेखी उधोगी , ब्यवसायीहरु सबैभन्दा बढी मारमा परेकाले नयाँ बर्ष २०७८ मा भने कसैले पनि बिचल्लीत हुने अबस्था नआवस भन्दै कामना गरे ।
उनले कोरोनाको दोस्रो लहर सुरुभएसंगै पछिल्लो समय दिनप्रदिन बढिरहेको कोरोनाको संक्रमणवाट बच्न आवश्यक स्वास्थ्य सुरक्षाका मापदण्डहरु अपनाएर ब्यापार ब्यवसाय संचालन गर्न सम्पूर्ण उधोगी , ब्यापारी , ब्यबसायीहरुमा अनुरोध समेत गरेका छन् ।
उनले भरखरै नेपाल चेम्बर अफ कर्मशका तर्फवाट गोदावरी चेम्बर अफ कर्मश देशभरकै उत्कृष्ट नगर र शाखाका रुपमा सम्मानित भएकाले उत्कृष्ट बनाउनमा सम्पूर्ण पदाधिकारीहरुको महत्वपूर्ण भूमिका रहेको बताए ।
कार्यक्रममा सम्पूर्ण गोदावरी चेम्बर अफ कर्मशका पदाधिकारीहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको संचालन महासचिब लिलाराम सापकोटाले गरेका थिए ।