अत्तरिया - कैलालीको अत्तरियामा बैशाख १५ गते देखी दोस्रो प्रदेश स्तरिय गोदावरी मेयर कप भलिवल प्रतियोगिता हुने भएको छ । आयोजक न्यु सिर्जनशिल यूवा क्लव (सीवाईसी) ले आज अत्तरियामा पत्रकार सम्मेलको आयोजना गर्दै २०७८ साल बैशाख १५ गते देखि २२ गते सम्म दोस्रो प्रदेश स्तरिय भलिबल प्रतियोगिता हुन लागेको जानकारी दिएको हो ।
गोदावरी नगरपालिका वडा नं १ मा रहेको सिवाईसीको आफ्नै खेल मैदानमा आयोजना हुने सो भलिवल प्रतियोगितामा सुदूरपश्चिम प्रदेशका ९ ओटै जिल्लावाट टीमहरुले सहभागिता जनाउन सक्ने खेल संयोजक बिक्रम बिष्टले जानकारी दिए ।
प्रतियोगितामा १० देखि १२ वटा टिमको सहभागिता रहने बताउदै संयोजक बिष्टले सहभागि हुने टीमले बढीमा २ जना सम्म राष्ट्रिय स्तरका खेलाडी सहभागि गराउन पाउने बताए । प्रतियोगितामा विजेता टिमले नगद रु २ लाख ५० हजार सहित ट्रफि र मेडल प्राप्त गर्नेछन् भने उप बिजेता टिमले नगद रु १ लाख २५ हजार सहित ट्रफि र मेडल प्राप्त गर्ने उनले बताए ।
यस्तै प्रतियोगिता अबधिभरको सर्बोकृष्ट एक जना खेलाडीले नगद रु १० हजार , उत्कृष्ट लिफ्टर, उत्कृष्ट स्पाईकर, उत्कृष्ट डिफेन्सर, उत्कृष्ट सरभर, उत्कृष्ट बलकर र उदयमान खेलाडीलाई समान ५÷५ हजारका दरले नगद पुरस्कार प्राप्त गर्ने पत्रकार सम्मेलनमा खेल संयोजक बिष्टले जानकारी दिए ।
गोदावरी नगरपालिका प्रबद्र्धन रहेको सो प्रतियोगितको उध्ेश्य सुदूरपश्चिमलाई भलिबलका माध्यमबाट देशभरी चिनाउनु रहेको आयोजकले बताएको छ । खेल संयोजक बिष्टको सभापतित्वमा आयोजित पत्रकार सम्मेलनमा सुदूरपश्चिम प्रदेश खेल परिषद्का सदस्य दुर्गा अधिकारी प्रमुख अतिथी रहेका थिए । यस्तै विशिष्ठ अतिथिमा क्लबका संस्थापक सदस्य तिर्थ ओझा रहेका थिए ।
कार्यक्रमको संचालन छबिन्द्र नाथ योगीले गरेका थिए । यसअघि पहिलो संस्करणको प्रदेश स्तरिय गोदावरी मेयर कप भलिवल प्रतियोगिताको पहिलो संस्करण २०७६ माघ १२ गते देखि सुरु भएको थियो ।
पहिलो संस्करणमा विजयी टिमले २ लाख १ हजार र १ सय ११ र द्धितिय हुने टिमले १ लाख १ हजार १ सय ११ रुपैयाँ पुरस्कार प्राप्त गरेका थिए । आयोजक न्यु सिर्जनशिल यूवा क्लव (सीवाईसी) यस क्षेत्रको सबै भन्दा पुरानो क्लब हो ।