धनगढी - सुदूरपश्चिम प्रदेशका सबै जिल्लामा नेकपा एमालेको माधवकुमार नेपाल समूहले समानान्तर समिति बनाएको छ । धनगढीमा दुई दिनसम्म चलेको प्रदेश समितिको आठौँ बैठकले जिल्ला र जनसंगठनका समिति समानान्तर समिति बनाएको निर्णय गरेको हो । सो कुराको जानकारी आईतबार पत्रकार सम्मेलन गरेर जानकारी दिइएको छ ।
जस अनुसार कञ्चनपुरमा अध्यक्षमा तारा लामा तामाङ, उपाध्यक्षमा जीवनराज थापा, सचिवमा रणबहादुर महरा, उपसचिवमा रविन्द्र कुँवर र कार्यालय सचिवमा मोहनसिंह रावतलाई जिम्मेवारी दिइएको प्रदेश समितिले जनाएको छ ।
बाजुरामा गगनबहादुर रावल अध्यक्ष, पुरबहादुर रावत सचिव र निरबहादुर शाही उपसचिव, बैतडीमा महादेव भट्ट अध्यक्ष, कृष्ण साउद उपाध्यक्ष, हर्कबहादुर धानुकलाई सचिवमा चयन गरिएको छ ।
कैलालीमा दीर्घ सोडारी, डडेल्धुरामा डा. तारा जोशी, डोटीमा चक्रबहादुर मल्ल, बझाङमा दीलबहादुर सिंह र अछाममा शेरवहादुर कुँवरलाई नै अध्यक्षमा नितरन्तरता दिइएको प्रदेश समितिले जनाएको छ ।
यस्तै नेकपा (एमाले) सुदूरपश्चिमका अध्यक्ष कर्ण थापालाई कारबाही गर्न सिफारिस गरिएको छ । पार्टी विभाजन गर्न संलग्न भएको, पार्टी कार्यालयमा गुण्डागर्दै र तोडफोड गरेको भन्दै थापालाई पार्टीका सबै जिम्मेबारीबाट हटाउँदै पार्टी सदस्यताबाट एक वर्षका लागि निलम्बन गर्नसमेत सिफारिस गरिएको हो ।