काठमाडौं– आर्थिक वर्ष २०७५/७६ मा संस्थागत र व्यक्तिगत गरि ५ लाख ८ हजार ८ सय २७ जना वैदेशिक रोजगारीका लागि विदेशिएका छन् ।वैदेशिक रोजगार विभागले सार्वजानिक गरेको बार्षिक प्रतिवेदनमा ४ लाख ७६ हजार ७ सय ४ जना पुरुष र ३२ हजार १ सय ३२ जना महिला गरि ५ लाख ८ हजार ८ सय २७ जना रोजगारीको खोजीमा विभिन्न देश पुगेको छ ।यस्तै, यो आर्थिक वर्षमा वैदेशिक रोजगारीमा शिलशिलामा विभिन्न देश पुगेका ७ सय ५३ जनाले विदेशमा ज्यान गुमाएका छन् ।
रोजगारदाता देशमा ७ सय २३ पुरुष र २० महिलाले वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएको वैदेशिक रोजगार बोर्डले जनाएको छ ।
गत आर्थिक वर्षको तुलनामा यो आर्थिक वर्षमा करीब डेढ लाख कम नेपाली वैदेशिक रोजगारीका लागि विदेश गएका छन् । विभागको तथ्यांक अनुसार १ लाख ४७ हजार कम वैदेशिक रोजगारीमा गएका छन् ।
गत आर्थिक वर्षको तुलनामा १५.७ प्रतिशत कम वैदेशिक रोजगारीमा गएको विभागको तंथ्याकमा छ । यो वर्ष मलेसियाको रोजगार बन्द हुँदा विदेशिनेको संख्यामा गिरावट आएको देखिएको छ । आर्थिक वर्ष २०७४/७५ मा ६ लाख ५५ हजार नेपाली वैदेशिक रोजगारीमा गएको विभागको तंथ्याकमा छ ।योे आर्थिक वर्षमा कतार पुरुष १ लाख ६५ हजार ३ सय २८ जना र महिला ४ हजार ८ सय ८७ जना गरि १ लाख ६१ हजार २ सय १५ जना कामको खोजीमा पुगेका छन् ।
यो वर्ष सवै धेरै नेपाली रोजगारीको खोजीमा कतार गएका छन् । यस्तै युएई पुरुष १ लाख ६ हजार ३ सय ८३ जना र १३ हजार ४ सय ७२ जना महिला गरी १ लाख १९ हजार ८ सय ५५ जना गएको विभागको तंथ्याकमा छ।कतारपछि साउदी धेरै रोजगारीका खोजीमा गएको विभागको तंथ्याकमा छ । यस्तै, साउदी अरब १ लाख १५ हजार ८ सय ७१ जना पुरुष र २ हजार ३३ महिला गरि १ लाख १७ हजार ९ सय ४ जना रोजगारीका लागि गएको विभागको तंथ्याकमा छ । साउदी पनि धेरैको रोजगारीमा युएई परेको विभागको तंथ्याकमा छ ।
यसैगरी, मलेसिया, ४० हजार ८ सय ९७ पुरुष र १ हजार २ सय ४९ महिला गरि ४२ हजार १ सय ४६, बहराइन, ७ हजार ९ सय २७ पुरुष र ७ सय ४७ महिला गरि ८ हजार ६ सय ७४ जना, कुवेत, २३ हजार ७ सय २९ पुरुष र २ हजार २ सय ६७ महिला गरि २५ हजार ९ सय ९६ जना, ओमन, ४ हजार ९ सय ७२ पुरुष र ४ सय ६५ महिला गरि ५ हजार ४ सय ३७ जना, जोडन् १ सय ६४ जना, १ हजार ४ सय ८६ जना महिला गरि १ हजार ६ सय ५० जना रोजगारीका गएको विभागको तंथ्याकमा छ ।
यस्तै जापान, साइप्रस, माल्टा, मोरिसस, अफ्रिकी मुलुक, युरोपका देश, क्यानडा र अमेरिका रोजगारीका खोजीमा करिब ५० हजारको गएको विभागको तंथ्याकमा छ । कतार, साउदी र युएईमा ७० प्रतिशत नेपाली रोजगारीको खोजीमा गएको विभागको तंथ्याकमा छ ।यो आर्थिक वर्षमा सवैभन्दा धेरै मलेसिया गएका नेपालीको मृत्यु भएको छ । मलेसियामा २ सय २४ जना पुरुष र ५ जना महिला गरि २ सय २९ जना ज्यान गुमाएको बोर्डको तंथ्याकमा छ ।मलेसिया पछि रोजगारीका लागि साउदी पुगेका नेपालीका मुत्यु भएको छ । साउदीमा १ जना महिलासहित १ सय ९३ जनाले ज्यान गुमाएको बोर्डले जनाएको छ ।
कतारमा १ सय ६५ जना, युएईमा ७५ पुरुष र १० महिला गरि ८५ जना, कुवेत २९ जना, दक्षिण कोरियामा १९ जना पुरुष र १ महिला गरी २० जना, बहराइन ११ जना, कुवेतमा २९ जना, बहराइनमा ११ जना, नेपालमा २४ जना पुरुष र १ महिला गरि २५ जना ओमनमा ६ जना, जोर्डनमा ३ जना महिला, बु्रनाइमा २ जना, चेक रिपब्लिका २ जना, फिल्याण्डमा १ जना, जापान ३ जना, मकाउ २ जना, मडाराग्रस्गरमा १ जना, गानामा १ जना, पोल्याण्डमा १ जनाले ज्यान गुमाएका छन् । गत आर्थिक वर्षमा ८ सय २२ जनाले ज्यान गुमाएको बोर्डले जनाएको छ । गत आर्थिक वर्षको तुलनमा यो आर्थिक वर्षमा वैदेशिक रोजगारीमा ज्यान गुमाउनको संख्या कमी भएको छ ।यो आर्थिक वर्षमा ३ सय ३५ पुरुष र १२ जना महिला गम्भीर रोग लागेर विदेशबाट स्वदेश फर्कीएको बोर्डले जानकारी दिएको छ ।