अत्तरिया - धनगढीमा रहेको शिवपुरी उत्तररामेश्वरम् ज्योर्तिलिङ्ग धामको नयाँ कार्यसमिति चयन भएको छ । जसको अध्यक्षमा बल्देव प्रसाद भट्ट चयन भएका छन् ।
शनिबार सम्पन्न ९ औं साधारण सभाबाट भट्टको अध्यक्षतामा १८ सदस्यीय समिति चयन भएको हो।
जसको वरिष्ठ उपाध्यक्षमा मदनबहादुर कुँवर, उपाध्यक्षमा सिद्धराज पनेरु, महिला उपाध्यक्षमा सीता खड्का, महासचिवमा योगेश मल्ल, सचिवमा भीमबहादुर कुँवर, त्यस्तै धनबहादुर भण्डारी, कोषाध्यक्षमा अर्जुन भट्ट र सह–कोषध्यक्षमा दानसिंह धामी चयन भएका छन्।
यसैगरी सदस्यहरुमा रमेश पाण्डेय, सावित्री कार्की, लोकराज भट्ट, लक्ष्मी शाही, दुर्गा मल्ल, डिल्लीराज भट्ट, ज्ञानु शाह, नविन रावल र पृथ्वीराज घिमीरे चयन भएका छन्।
कैलाली क्षेत्र नम्बर ५ का संघीय सांसद नारदमुनी रानाको प्रमुख आतिथ्यमा सम्पन्न भएको साधारण सभाको अध्यक्षता श्याम सुन्दर तायलले गरेका थिए।