काठमाडौं - सामाजिक सञ्जालमा अहिले एक प्रकारको भाइरल नै भएको छ अनुहारको हुलिया परिवर्तन गर्ने । ५०/६० वर्षका मान्छे २०/२५ वर्षका भएका छन् । अनि २०/२५ वर्षका मान्छे ६०/७० वर्षका ।
खासमा यस्तो कार्य कसरी सम्भव भइरहेको छ त ? यसको सोझो जवाफ हो फेसएप ।
फेसएप एउटा एस्तो सफ्टवेयर हो, जसले तपाईको उमेरलाई पत्याउन सकिने गरि युवा अवस्थाबाट प्रौढ र प्रौढबाट युवा अवस्थामा परिवर्तन गरिदिन्छ ।
खासमा के हो फेसएस ?
फेसऐप एउटा मोबाइल एप्लिकेसन हो, जुन आइओएस र एन्ड्रोइड दुबै मोडलमा उपलब्ध छ । फेसएपको निर्माण रसियन कम्पनी वायरलेस ल्यावले गरेको हो । फेसएप सन् २०१७ को जनवरी महिनामा तयार भएको थियो ।
कम्पनीले उपलब्ध गराएको जानकारी अनुसार फेसएपले न्युरल नेटवर्क प्रविधिमा आधारित भएर कुनैपनि तस्विरमा भएको उमेर तथा लिङ्गलाई विश्वासिलो रुपमा परिवर्तन गर्न सक्दछ । फेसएपले उपलब्ध तस्वबरलाई हँसिलो, युवा तथा प्रौढ रुपमा परिवर्तन गनसक्ने कम्पनीले जनाएको छ ।
यसअघि फेसएपमा रंग परिवर्तन गर्ने सुविधा रहेको थियो । कालो रंगको तस्विरलाई फेसएपले तुरुन्तै सेतो रुपमा परिवर्तन गरिदिन्थ्यो । तर फेसएपको उक्त सुविधालाई लिएर रंगभेद गरेको भन्ने आरोप लागेसँगै कम्पनीले एपबाट उक्त सुविधा हटाएको थियो ।
रंगभेद सम्बन्धी आरोपको विषयमा बोल्दै वायरलेस ल्याबका संस्थापक तथा प्रमुख कार्यकारी यारोस्लाभ गोन्चारोभले आफ्नो र कम्पनीको उद्देश्य रंगभेद नभएको र यसले कसैलाई चोट पुगेको भए माफी चाहेको बताएका थिए ।
–एजेन्सीको सहयोगमा ।