अत्तरिया - कैलालीको गोदावरी नगरपालिका वडा नं ७ लालपुरमा खुल्ला भलिबल प्रतियोगिताको आयोजना गरिएको छ । लालपुरकै स्थानिय स्वर्गीय जनक ओझाको सम्झनामा दिपशिखा डान्स क्लबले प्रथम जनक स्मृती खुला भलिबल प्रतियोगिताको आयोजना गरेको हो ।
डान्स क्लबका संचालक दिर्घ साउँदको सभापतित्वमा आज देखी सुरु भएको प्रतियोगिताको कार्यक्रमका प्रमुख अतिथी गोदावरी नगरपालिका वडा नम्बर ६ का वडासदस्य जयराज फुलाराले उद्धघाटन गरेका हुन् ।
गोदावरी नगरभित्र रहेका ८ ओटा टिमको सहभागी रहेको सो प्रतियोगितामा आज भएको उद्धघाटन खेलमा आयोजक दिपशिखा डान्स क्लब र जे.पी लालपुर विजयी सुरुवात गरेका छन् ।
पहिलो खेलमा तेघरीको वनदेवी युवा क्लबलाई पराजित गर्दै आयोजक दिपशिखा डान्स क्लब विजयी भएको हो भने दोस्रो खेलमा एमवाईसीलाई पराजित गर्दै जे.पी लालपुर विजयी भएको हो ।
यही चैत्र ३१ गते सम्म संचालन हुने प्रतियोगिता अन्र्तगत भोली आईतवार पनि दुईवटा खेल हुने आयोजक दिपशिखा डान्स क्लबका संचालक दिर्घ साउँदले जानकारी दिए ।
भोलीको पहिलो खेल एभरेष्ट एकेडेमी र बिधा भूषण गेटाका बिचमा हुनेछ भने दोस्रो खेल एमवाईसी ए र न्यू गोलादेउ युवा क्लब जमुनानगर बिच हुने उनले बताए ।
प्रतियोगिताको बिजेता टोलीले १६ हजार बराबरको बोका र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उप बिजेता हुने टोलीले नगद ५ हजार सहित प्रमाणपत्र प्राप्त गर्ने छन् । प्रतियोगिताको मुख्य प्रायोजकको रुपमा मृतक ओझाकै परिवार रहेको छ ।
आज भन्दा ४ बर्ष पहिले २०७३ साल चैत ५ गतेका दिन पिकनिक मनाएर घर फर्किने क्रममा बुढितोलामा मोटरसाईकल दुर्घटनामा परि ओझाको मृत्यु भएको थियो । उनी अत्तरियामा रहेको पदमा अस्पताल प्रालिमा कार्यरत थिए ।