धनगढी - सातौ संस्करणको धनगढी हाफ म्याराथनको उपाधी जुम्लाका दुर्गा बहादुर बुढाले जितेका छन । अब धनगढी दौडिन्छ भन्ने मुल नाराका साथ धनगढी जेसिसले आयोजना गरेको आज बिहान सम्पन्न धनगढी हाफ म्याराथनको उपाधी बुढाले जितेका हुन ।
उनले २१ दशमलक १ किलोमीटरको दुरि १ घण्टा ०६ मिनेट ०८ दशमलव १८ सेकेन्डमा पार गर्दै बुढाले लगातार तेस्रो उपाधी जितेका हुन् । उपाधी संगै उनले नगद ५५ हजार ५ सय ५५ रुपैया समेत प्राप्त गरेका छन् ।
यस्तै बैतडीका नरेन्द्र रावतले निर्धारित दुरि १ घन्टा ०९ मिनेट ०८ दशमलव ५३ सेकेण्डमा पार गर्दै दोश्रो भएका छन् भने सशस्त्र प्रहरीका सन्तोष बिष्ट तेस्रो भएका छन् ।
उनले २१ दशमलव १ किलोमीटरको दुरि १ घन्टा १२ मिनेट ०४ दशमलव २७ सेकेण्डमा पार गरे । दोश्रो र तेस्रो स्थान प्राप्त गर्ने रावत र बिष्टले नगद ३३ हजार ३ सय ३३ र २२ हजार २ सय २२ रुपैया समेत प्राप्त गरेका छन ।
यसैगरी पहिलो पटक आयोजना गरिएको खुला ५ किलोमीटर महिला तर्फको उपाधी कैलालीकि सीमा चौधरीले प्राप्त गरेकी छन् ।
उनले उक्त दुरि २० मिनेट दशमलव ११ सेकेण्डमा पूरा गर्दै उनले नगद ५ हजार ५ सय ५५ रुपैया प्राप्त गरिन । त्यस्तै सीता चौधरी दोश्रो र नेहा खड्का तेश्रो भए । चौधरीले निर्धारित दुरि २० मिनेट ४४ दशमलव २८ सेकेण्ड र खड्काले २२ मिनेट ६ दशमलव ३१ सेकेण्डमा पूरा गरेका थिए ।
उपाधी संगै दोश्रो र तेश्रो हुनेले क्रमशः ३ हजार ३ सय ३३ रुपैया र २ हजार २ सय २२ रुपैया नगद प्राप्त गरे ।
धनगढी जेसिजका अध्यक्ष कमलराज पनेरुको सभापतित्वमा भएको उक्त कार्यक्रमका बिजेता खेलाडीहरुलाई सुदुरपश्चिम प्रदेशका सामाजिक बिकास मन्त्री कृष्णराज सुवेदी, धनगढी उपमहानगरपालिकाकि उप–प्रमुख सुशीला मिश्र भट्ट लगायतले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका छन ।