अत्तरिया - नेपाल पत्रकार महासंघको हिजो सम्पन्न निर्वाचनको मत परिणाम आज साँझसम्म आइसक्ने भएको छ । अधिकांश शाखामा बुधबार साँझदेखि नै मतगणना सुरु भइसकेको छ।
थोरै मतदाता भएका कतिपय शाखाको मत परिणाम आइसकेको र कतिपय शाखाबाट आउने क्रम जारी रहेको निर्वाचन समितिले जनाएको छ ।
यसैबिच यता सुदूरपश्चिम प्रदेशका ९ जिल्ला मध्ये ५ जिल्लामा मत गणना सकिएको छ । गणना सकिएकमध्ये नेपाली कांग्रेस निकट प्रेस युनियनले ३ र एमाले निकट प्रेस चौतारीले २ जिल्लामा जित निकालेको छ ।
कैलाली र कञ्चनपुरको अहिले केहीबेर देखि मतगणना गर्ने तयारी भइरहेको छ ।
डोटी
डोटी जिल्ला शाखा अध्यक्षमा मोहन शाही निर्वाचित भएका छन् । उपाध्यक्षमा अरुण बम र सुनिता रावल, सचिवमा पवन महारा, कोषाध्यक्षमा चक्र कुवर, सह सचिवमा चक्र मल्ल सरिता कठायत विजयी भएका छन् ।
एकेन्द्र चन्द, टेक चन्द, नारायण दत्त पनेरु, लोकराज पाठक,विक्रम खड्का विजयी भएका छन् ।
बझाङ
बझाङको अध्यक्षमा शैलेन्द्र रोकाया विजयी भएका छन् । उपाध्यक्षमा सम्राट सिंह र बिना रोकाया, सचिवमा ललित सिंह, सुभाष कठायत सह–सचिव जोरेन्द्र खड्का, करुणा जोशी विजयी भएका छन् ।
सदस्यहरूमा अशोक खड्का, विष्णु खड्का, उत्तम थापा, दीर्घ बोहरा, तीर्थ बोहरा, झलक सिंह बिजयी भएका छन् ।
डडेल्धुरा
नेपाल पत्रकार महासंघ डडेल्धुराको अध्यक्षमा हिक्मत सिंह विजयी भएका छन्। प्रेस युनियन, प्रेस सेन्टर नेपाल, प्रेस चौतारी ९माधव नेपाल समूह० लगायतका १२ वटा संगठनको संयुक्त प्यानललाई पराजीत गर्दै प्रेस चौतारीका सिंह अध्यक्षमा विजयी भएका हुन्।
अध्यक्षमा सिंह विजयी भएपनि अन्य सबै पदमा संयुक्त प्यानलका उम्मेदवारले जितेका छन्। उपाध्यक्षमा संयुक्त प्यानलका गणेश रोका, महिला उपाध्यक्षमा निर्मला भट्ट, सचिवमा पुष्कर भण्डारी, कोषाध्यक्षमा ललित बोहरा, सह सचिवमा भुपेन्द्र बिष्ट, सह सचिव समावेशीमा प्रकाश पार्की विजयी भएका छन्।
यस्तै सदस्यहरुमा टिकाराम साउद, हर्क चन्द, आशिष मल्ल, भिम खत्री, दिपक राज भट्ट,ममता भट्ट, भावना पौडेल, दलित सदस्यमा भक्त गाहामगर र आदिवासी जनजाती सदस्य विमल जैरु निर्वाचित भएका छन्।
अछाम
पत्रकार महासंघ अछामको अध्यक्षमा खम्मसिंह खत्री विजयी भएका छन् । दुई सदस्यबाहेक विपुल पोखरेल नेतृत्वको प्यानललै विजयी भएको हो ।
उपाध्यक्षमा गीता कुँवर र रमेश रावत विजयी भएका छन् भने सचिवमा पूर्णबहादुर खड्का विजयी भएका छन् ।
यस्तै सहसचिवमा भवराज भण्डारी, सहसचिव समावेशीमा सरिता खड्का विजयी भएका छन् भने कोषाध्यक्षमा भवानी प्रसाद भण्डारी विजयी भएका छन् ।
सदस्यमा पवित्रा खड्का, सुशील बटाल, राकेश ताम्राकार, दिनेश केसी, सुवास अधिकारी, सागर देवकोटा र तारामान खड्का विजयी भएका छन् ।
दार्चुला
नेपाल पत्रकार महासंघ दार्चुलाको अध्यक्षमा कृष्णसिंह धामी प्यानलसहित विजयी भएका छन्।
प्रेस युनियन, प्रेस चौतारी९माधव नेपाल समूह०, प्रेस सेन्टर लगायतका १२ संगठनको संयुक्त प्यानललाई पराजीत गर्दै धामी प्यानलसहित विजयी भएका हुन्।
उपाध्यक्षमा सन्तोष सिंह कोट्टारी, महिला उपाध्यक्षमा, विमला भुजेल, सचिवमा गगन सिंह विष्ट, सह सचिवमा लोकेन्द्र प्रसाद जोशी, समावेशी सह सचिवमा ईश्वरी बुढाथोकी र कोषाध्यक्ष राम सिंह धामी विजयी भएका छन्।
खुला सदस्यमा क्रमशः मान सिंह कुवर,जनक राज भट्ट, श्याम सिंह सामन्त,उद्धव सिंह धामी ,रमेश सिंह खत्री,नीरज सिंह धामी विजयी भएका हुन्।