अत्तरिया - कैलालीको अत्तरियामा रहेको ग्लोबल आइएमई बैक शाखाले क्युआर कोड सेवा सञ्चालनमा ल्याएको छ । आज एक कार्यक्रमका विच नेपाल राष्ट्र बैकका भुक्तानी प्रणाली बिभाग प्रमुख तथा कार्यकारी निर्देशक भुवन कडेलले क्युआर कोड सेवाको सुरुवात गर्नुभएको हो ।
कार्यक्रममा सहभागी बिभिन्न पेशामा आबद्ध करिब ५० ब्यवसायीहरुलाई निर्देशक कडेलले क्युआर कोड हस्तान्तरण गर्दै नेपाल राष्ट्र बैकले लिएको विद्युतिय कारोबारको विस्तारको नितिले पारदर्शीता, भुक्तानी, मितब्ययिता हुने भएकोले राष्ट्र बैंकको यस कार्यमा अग्रसर भइ सहयोग पुरयाउन सबैमा आग्रह गरेका छन् ।
उनले बैकले प्रत्येक क्षेत्रमा आबद्घ ब्यवसायीहरुलाई समेटी क्युआर कोड बितरण भएकोमा खुसी समेत व्यक्त गरे । कार्यक्रममा बोल्दै ग्लोबल आइएमई बैक अत्तरिया शाखा प्रबन्धक भुवन प्रसाद भट्टले क्युआर कोड बितरण, बिद्युुतिय कारोवार यसको महत्व तथा यसबाट समग्र आर्थिक क्षेत्रमा पर्ने सकारात्मक प्रभाव तथा बिद्युुतिय माध्यमबाट कारोवार गर्न प्रोत्साह गर्ने उदेश्यले उक्त क्युआर कोड सेवा सञ्चालनमा ल्याएको उनले बताए ।
यस क्षेत्रका बिभिन्न पेशामा आबद्ध ब्यवसायीहरुलाइ क्युआर कोड हस्तान्तरण तथा डिजिटल बैकिङ कारोबार प्रवर्धन गराउने उदेश्यले कार्यक्रमको आयोजना गरेको उनले बताए । उनले यस अघि पनि बैकले बिभिन्न ठाँउमा यस्ता कार्यक्रमहरु गर्दै आईरहेको तथा नगद रहित कारोेबारलाई प्रवर्धन गर्न आगामी दिनमा समेत यस्ता कार्यक्रमहरु जारी रहने अत्तरिया शाखा प्रबन्धक भट्टले जानकारी दिए ।
उक्त क्युआर कोड सेवा सुरु भएसंगै सामान किन्नको लागि जाने उपभोक्ताले आफ्नो बैंकको मोबाइल बैंकिङ एप्लिकेसन प्रयोग गरी आफूले खरिद गरेको सामानको रकम व्यवसायी सञ्चालकलाई सिधै खातामा भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ ।
आफूले प्रयोग गरेको बस्तु तथा सेवाको आफ्नै बैंक खाता मार्फत डिजिटल भुक्तानी गर्दा ग्राहकको साथै व्यापरीलाई समेत खुद्रा पैसाको झन्झट नहुने, बचत गर्ने बानीको बिकास हुने, व्यापारीलाई हरेक दिन आफूले गरेको व्यापारबाट आएको पैसा जम्मा गर्न बैंकसम्म जानु नपर्ने लगायतका थुपै सुविधाहरुको कारणले गर्दा क्युआर कोड सेवाको पछिल्लो समय सवै वर्ग र क्षेत्रमा आर्कषण बढ्दै गएको छ ।
यहि कुरालाई मध्यनजर गर्दै ग्लोबल आइएमई बैक अत्तरिया शाखाले यो सेवा सञ्चालनमा ल्याएको छ ।
हालको कोभिडको समयमा यस्ता डिजिटल कारोवारको प्रयोगले सुरक्षित गर्नुका साथै जनजीवन सहजहुने अपेक्षा गरिएको छ ।
क्युआर कोड सेवा सञ्चालन तथा हस्तान्तरण कार्यक्रममा नेपाल राष्ट्र बैकका भुक्तानी प्रणाली बिभाग प्रमुख तथा कार्यकारी निर्देशक भुवन कडेल, नेपाल राष्ट्र बैक धनगढी कार्यालयका का.मु. निर्देशक शुशिल ज्ञवाली, बैकको प्रदेश कार्यालय प्रमुख मुकुन्द प्रसाद भट्ट, अत्तरिया उद्योग बाणिज्य संघका पदाधिकारी, प्याब्सन नेपालका केन्द्रिय उपाध्यक्ष जगबीर थापा लगायतको उपस्थीती रहेको थियो ।
ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्ग सम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले ७६ वटा जिल्लामा फैलिएको २ सय ७३ शाखा सञ्जाल सहित २ सय ४२ एटिएम, ४७ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर, २ सय ५७ शाखा रहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि–सम्र्पक कार्यालय मार्फत आफ्ना २२ लाख भन्दा बढि ग्राहकहरु माझ सेवा प्रदान गर्दै बैंकले जनाएको छ ।