अत्तरिया - कैलालीमा आज देखी हात्तीपाइले रोग बिरुद्धको आम औषधी सेवन अभियान सुरु हुदैछ ।
सुदूरपश्चिमका ८ वटा जिल्लाहरुमा हात्तीपाइले रोग निवारण भए पनि कैलालीमा भने अहिले सम्म पनि निवारण हुन नसकेको अबस्थामा ९ औं चरणको हात्तीपाइले बिरुद्धको आम औषधी खुवाईने अभियान सुरु हुने लागेको हो ।
जिल्लाका १३ वटै स्थानीय तहहरुमा आज देखी बढीमा १० दिन सम्म सो अभियान संचालन हुने छ । जिल्लामा ८ लाख ४१ हजार २ सय १ जनालाई हात्तीपाइले औषधी खुवाउने लक्ष्य रहेको स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ ।
सुदूरपश्चिम प्रदेशका ८ वटा जिल्लाहरुमा हात्तीपाइले रोग निवारण भए पनि कैलालीमा भने अहिले सम्म पनि निवारण हुन नसकेको स्वास्थ्य कार्यालय कैलालीमा प्रमुख लाल बहादुर धामीले जानकारी दिए ।
यता गोदावरी नगरपालिकामा ९० हजार बढीलाई सो आम औषधी खुवाईने भएको छ । गोदावरी नगरपालिका स्वास्थ्य शाखा प्रमुख बिर बहादुर कुबंरका अनुसार आज देखी सुरु हुने अभियानमा गोदावरी नगरपालिकाका १२ ओटै वडाका ९१ हजार ६ सय ३९ जनालाई हात्तीपाइले औषधी खुवाउने लक्ष्य रहेको छ ।
औषधि खुवाउनका लागि नगरपालिका भरी १०५ जना महिला स्वास्थ्य स्वयम सेविका र ८० जना स्वास्थ्यकर्मीहरु परिचालन गरिने उनले बताए ।
यस अघि ८ औ पटक सम्म औषधी खुवाउदा कैलाली जिल्ला अहिले सम्म पनि सरकारको लक्ष्य अनुसार हात्तीपाइले निवारण हुन नसकेकाले नवौं चरणको यस अभियानमा सबै जिल्लाबासीलाई सहभागी भैदिन आग्रह गरिएको छ ।
खाली पेटमा सेवन गरेमा कसै कसैलाई वाक वाकी लाग्ने, बान्ता हुने, रिगटा लाग्ने हुन सक्छ । खाना खाएर वा नास्ता खाएर औषधीको सेवन गर्नु पर्ने बताईएको छ ।
दुई वर्ष उमेर नपुगेका बालबालिकाहरु ,गर्भवती र सात दिन सम्मका सुत्केरी तथा सिकिस्त बिरामीहरु कुनै कडा रोग लागि औषधि सेवन गरिरहेकाहरु, जस्तै क्यान्सर, मुटु रोगी, कलेजो रोगी, फोक्सोको दीर्घ रोगी , छारे रोगीहरु, २४ घण्टाभित्र ज्वरो आएको तथा कडा कुपोषण भएका पाँच वर्ष मुनिका बालबालिकाहरुले यो औषधि सेवन गर्नु नहुने बताइएको छ ।