अत्तरिया - सुदूरपश्चिम विश्वबिधालयले बिधार्थीहरुलाई पढ्न पाउने अधिकारवाट बञ्चित गराइरहेको भन्दै बिधार्थी संगठनहरुले संयुक्त रुपमा ज्ञापन पत्र बुझाएका छन् ।
विश्वबिधालयले दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा विविए पढ्न चाहने बिधार्थीहरुलाई पढ्न पाउने अधिकारवाट बञ्चित गराइ उनीहरुको भबिष्य माथि नै खेलवाड गरेको भन्दै आज सु.प विश्वबिधालयका ब्यबस्थापन संकाय प्रमुख पदमकान्त जोशीलाई ज्ञापन पत्र बुझाएका हुन् ।
नेविसंघका प्रतिनिधि जगतराम महराले सु।प विश्वबिधालयले बिबिएको प्रबेश परीक्षमा उत्तिर्ण भई भर्ना समेत गरिसकेको बिधार्थीहरुलाई पढ्न पाउने अधिकारवाट बञ्चित गराएपछि यसमा सम्पूर्ण बिधार्थी संगठनहरुको गम्भिर ध्यानकार्षण भएको बताए ।
उनले दुर्गालक्ष्मी बहुमुखी क्याम्पसलाई छुट्याइएको ४५ जनाको कोटमा भएको विविएको प्रबेश परीक्षामा कोटमा भन्दा थोरै २५ जनालाई मात्रै उत्तिर्ण गरिएको बताए । ति २५ जना मध्ये पनि ४ जनाको नाम र कोडमा गडबड भएपछि विश्वबिधालयले बिचमा आफै मिलाउदै २९ जना पुञ्याएपनि प्रबेश परीक्षामा नाम निकालेका बिधार्थीहरुलाई अहिले आएर पढ्न नदिएको महाराले बताए ।
उनले बिधार्थीहरुको भबिष्य माथि खेलवाड नगरी बिधार्थीहरुको पढ्न पाउने अधिकारको सुनिश्चितता गर्न माग गरेका छन् । प्रवेश परीक्षामा उत्तिर्ण भई भर्ना गरिसकेको बिधार्थीहरुलाई पठनपाठनमा कार्यक्रममा उनिवार्य सहभगी गराउनुका साथै बिधार्थीहरुको कोटा खाली भएका क्याम्पसमा पुन प्रवेश परीक्षाका लागि अनुरोध गर्दछौ ।
यदि हाम्रा मागहरुलाई बेवास्ता गरिएमा कडा भन्दा कडा आन्दोलनमा जाने नेविसंघका ईकाई प्रतिनिधि जगत महरा , अखिल क्रान्तिकारीका एकाई अध्यक्ष महेश बिष्ट , अनेरास्ववियूका जिल्ला कमिटि सदस्य मिलन कामी र अखिल क्रान्तिकारीका गोपाल साउँदद्धारा हस्ताक्षित ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।