अत्तरिया - नेपालमा आज राति खण्डग्रास चन्द्रग्रहण लाग्दैछ । यो चन्द्रग्रहण आज राति १ बजेर ४६ मा सुरु भएर बिहान ४ः४५ समाप्त हुने छ । यो ग्रहण कुल २ घण्टा ५९ मिनेटको हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिद्वारा प्रकाशित पञ्चाङ्गहरूमा उल्लेख गरिएको छ ।
यो ग्रहण नेपाल लगायत भारत, चीन , मंगोलिया, अफ्रिका, दक्षिण अमेरिका, जापान, यूरोप, रसिया, अष्ट्रेलिया आदि ठाउँबाट प्रष्ट रुपले हेर्न सकिने खगोलविद् एवं वाल्मीकि विद्यापीठका सहप्राध्यापक जयन्त आचार्यले बताए । तर क्यानडा र उत्तर अमेरिकावाट भने यो ग्रहणको देखिने छैन् ।
यो ग्रहण चन्द्र ग्रहण तथा सूय ग्रहण जस्तो हानिकारक नहुने भएकाले नांगै आँखाले पनि हेर्न सकिने खगोल शास्त्रीहरू बताउँछन् । यस ग्रहणमा कुनै त्यस्ता आँखालाई हानि नोक्सानी पुर्याउने खालका किरण नभएकाले कुनै असर नगर्ने खगोलविद् आचार्यले बताए । यो ग्रहण कर्कट, तुला, कुम्भ र मीन राशिका लागि फलदायी बताइएको छ ।
यद्धपी मेष, वृष, मिथुन, सिंह, कन्या, वृश्चिक धन र मकर राशिका मानिसले यो ग्रहण हेर्न नहुने बताइएको छ । सामान्यतयः सूर्य र चन्द्र बिम्बमा देखिने अन्धकारमय अवस्था नै ग्रहण हो । औँसी र पूर्णिमाको समयमा मात्रै ग्रहण लाग्ने गर्दछ ।
सूर्यग्रहण औँसीमा लाग्छ भने चन्द्रग्रहण पूर्णिमामा। खग्रास र खण्डग्रास खगोलविद आचार्यका अनुसार पूरै ग्रह ढाकिएर अँध्यारो हुने अवस्थालाई खग्रास र आंशिक ढाक्ने अवस्थालाई खण्डग्रास भनिन्छ ।